इरानी राष्ट्रगान नगाएका पाँच महिला फुटबलरलाई अष्ट्रेलियामा शरण « Khabarhub

इरानी राष्ट्रगान नगाएका पाँच महिला फुटबलरलाई अष्ट्रेलियामा शरण


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

तेहरान-एशियन कप फुटबल प्रतियोगिताबाट बाहिरिएपछि इरानको महिला फुटबल टोलीका पाँच खेलाडीलाई अष्ट्रेलियाले मानवीय भिसा प्रदान गरेको छ।

अष्ट्रेलियाका आप्रवासन मन्त्री टोनी बर्कका अनुसार यी खेलाडीहरूलाई सुरक्षित स्थानमा राखिएको छ। भिसा पाउने खेलाडीहरूमा फातेमा पसन्दिदेह, जाहरा घनबारी, जाहरा सरबली, अतेफे रमजानजादेह र मोना हमौदी रहेका छन्।

यदि अन्य खेलाडीहरूले पनि चाहेमा उनीहरूलाई पनि अष्ट्रेलियामा बस्ने अनुमति दिन सकिने सरकारले जनाएको छ।

गत साता दक्षिण कोरियाविरुद्धको खेलअघि इरानी टोलीले राष्ट्रगान नगाएपछि इरानभित्र केही समूहले टोलीको आलोचना गरेका थिए । उनीहरूमा कडा कारबाहीको माग भएको थियो । त्यसपछि खेलाडीहरूको सुरक्षाबारे चिन्ता बढेको थियो।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजले पनि यी पाँच खेलाडीलाई मानवीय भिसा दिइएको पुष्टि गरेका छन्। यस भिसाले उनीहरूलाई अष्ट्रेलियामा बस्न, काम गर्न र अध्ययन गर्न अनुमति दिन्छ।

यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे अमेरिका पनि यी खेलाडीलाई शरण दिन तयार रहेको बताएका छन्।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ४ : ०३ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले