निर्वाचनमा खटिएका कर्मचारीप्रति आयोगद्वारा आभार प्रकट « Khabarhub

निर्वाचनमा खटिएका कर्मचारीप्रति आयोगद्वारा आभार प्रकट


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि निर्वाचन सम्पन्न गराउन खटिने राष्ट्रसेवक कर्मचारीप्रति आभार व्यक्त गरेका छन् ।

निर्वाचन सम्पन्न गराउन विभिन्न निकायबाट आयोगमा काजमा खटी आएका कर्मचारीको बिदाइ समारोहलाई आज सम्बोधन गर्दै उनले भदौ २७ गते राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गर्दा निर्वाचन हुन्छ र रु भन्ने प्रश्न आम रुपमा भए पनि छ महिनाबीचमा सम्पन्न गराउन सहयोग गर्ने सबैलाई आभार प्रकट गरे। 

‘भदौ २३ र २४ गतेको घटनापछि सुरक्षा पेचिलो विषय थियो, निर्वाचन घोषणा भएको एक महिनासम्म पनि दलहरू एक ठाउँमा बस्न सक्ने अवस्था थिएन, आयोगले नै दलहरूलाई एकै ठाउँमा राखेर संवाद आरम्भ गराएको थियो’, उनले भने, ‘आजको परिणाम ल्याउन हामी सफल भएका छौँ ।’ 

निर्वाचन सम्पन्न गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारीमा आयोग रहेको उनले जानकारी गराए। 

आयोगका सचिव कृष्णबहादुर राउतले विभिन्न निकायबाट काजमा खटिई आएका कर्मचारीको ‘टिमवर्क’ ले तोकिएको समयमा निर्वाचन सम्भव भएको बताए । निर्वाचनमा खटिएका सबै राष्ट्रसेवक कर्मचारीकै कारण २३ हजार ११२ मतदान केन्द्र र १४३ वटा अस्थायी केन्द्रमा कुनै सामान्य खालका समस्या नभई निर्वाचन सम्पन्न भएको उनको भनाइ थियो । 

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि विभिन्न निकायबाट गरी १४१ कर्मचारी आयोगमै काजमा आएर काम गरेको प्रशासन शाखा प्रमुख एवं सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए । निर्वाचन सम्पन्न भएसँगै काज फिर्ता सुरु भएको जानकारी उनले दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ५ : ३४ बजे

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

आर्सनलको नजर नयाँ खेलाडीमा: ७५ मिलियन पाउन्डमा गुइमारेस अनुबन्ध

लन्डन – रियाल मड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने

इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी