चीनका लागि जासुसी गरेको आरोपमा बेलायती सत्तारुढ पार्टीकी सांसदका श्रीमान् पक्राउ « Khabarhub

चीनका लागि जासुसी गरेको आरोपमा बेलायती सत्तारुढ पार्टीकी सांसदका श्रीमान् पक्राउ


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायती प्रहरीले चीनका लागि जासुसी गरेको आशंकामा तीन जना पुरुषलाई पक्राउ गरेपछि बेलायतको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । पक्राउ पर्नेहरूमध्ये एक जना सत्तारुढ लेबर पार्टीकी सांसद जोआनी रेडका श्रीमान डेभिड टेलर रहेको खुलेको छ ।

लन्डन र वेल्सबाट प्रतिआतंकवाद अधिकारीहरूले ३९, ४३ र ६८ वर्षका तीन व्यक्तिलाई विदेशी गुप्तचर निकायलाई सहयोग गरेको आरोपमा हिरासतमा लिएका हुन् । यस घटनाले प्रधानमन्त्री कियर स्टार्मरलाई राजनीतिक रूपमा अप्ठ्यारोमा पार्न सक्ने देखिएको छ । उनले भर्खरै चीनसँगको बिग्रिएको सम्बन्ध सुधार्ने प्रयासस्वरूप बेइजिङको भ्रमण गरेका थिए ।

सांसद जोआनी रेडले आफ्ना श्रीमानको व्यावसायिक गतिविधिमा आफ्नो कुनै संलग्नता नरहेको र उनले कानुन तोडेको बारे आफूलाई कुनै शङ्का नभएको भन्दै प्रतिरक्षा गरेकी छिन् । उता सुरक्षा मन्त्री ड्यान जर्भिसले बेलायती लोकतन्त्रमाथि हुने कुनै पनि वैदेशिक हस्तक्षेप सह्य नहुने र दोषी प्रमाणित भएमा कडा कारबाही गरिने चेतावनी दिएका छन्।

बेलायती गुप्तचर निकाय एमआई-५ ले केही समयदेखि चीनले संसद र सरकारका संवेदनशील सूचनामा पहुँच भएका व्यक्तिहरूलाई आफ्नो प्रभावमा पार्न खोजिरहेको भन्दै सतर्क गराउँदै आएको थियो । विपक्षी कन्जरभेटिभ पार्टीले भने सरकार चीनप्रति नरम भएको भन्दै कडा आलोचना गरेको छ।

विपक्षीहरुले प्रधानमन्त्री स्टार्मरलाई चीनलाई खतराको रूपमा हेर्न र अपरिपक्व नबन्न सुझाव दिएका छन् । अर्कोतर्फ, लन्डनस्थित चिनियाँ दूतावासले यी आरोपहरूलाई निराधार र ‘राजनीतिक हेरफेर’ भन्दै खण्डन गरेको छ । दूतावासले बेलायतले चीनको बद्नाम गर्नका लागि जासुसीका झुटा कथाहरू बुनेको दाबी गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ६ : ४२ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम