आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित « Khabarhub

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । इडेन गार्डेनमा बिहीबार राति भएको अन्तिम बलसम्मको प्रतिष्पर्धामा मुकुल चौधरीले विष्फोटक ब्याटिङ गरेपछि कोलकाता घरेलु मैदानमै स्तब्ध बनेको हो ।

कोलकाताले दिएको १८२ रनको लक्ष्य लखनउले ७ विकेट गुमाएर अन्तिम बलमा पूरा गर्‍यो । लखनउको जितका नायक बनेका मुकुल चौधरीले मात्र २७ बलमा २ चौका र ७ छक्काको मद्दतले अविजित ५४ रन बनाए । उनले अन्तिम ओभरमा आवश्यक १४ रन बनाउँदै टोलीलाई महत्वपूर्ण दुई अंक दिलाए । लखनउका लागि आयुष बदोनीले ५४ र एडेन मार्करमले २२ रनको योगदान दिएका थिए ।

बलिङतर्फ कोलकाताका वैभव अरोरा र अनुकुल रोयले २–२ विकेट लिए पनि अन्तिम ओभरमा रन रोक्न नसक्दा हार बेहोर्नुपर्‍यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो । उसका लागि युवा ब्याटर अंगकृष रघुवंशीले सर्वाधिक ४५ रन बनाए भने कप्तान अजिंक्य रहाणेले ४१ रनको योगदान दिए । त्यस्तै, रोभम्यान पावेलले ३९ र क्यामरुन ग्रीनले ३२ रन जोडे पनि त्यो स्कोर जितका लागि पर्याप्त हुन सकेन ।

लखनउका दिगभेष राठी, मनिमारन सिद्धार्थ र आवेश खानले १–१ विकेट लिए । आक्रामक ५४ रन जोडेका लखनउका मुकुल चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

यो जितसँगै पाँचौं स्थानको लखनउले तीन खेलबाट चार अंक जोडेको छ । कोलकाता भने चार खेल खेल्दा एक अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ६ : ३० बजे

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।