आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित « Khabarhub

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । इडेन गार्डेनमा बिहीबार राति भएको अन्तिम बलसम्मको प्रतिष्पर्धामा मुकुल चौधरीले विष्फोटक ब्याटिङ गरेपछि कोलकाता घरेलु मैदानमै स्तब्ध बनेको हो ।

कोलकाताले दिएको १८२ रनको लक्ष्य लखनउले ७ विकेट गुमाएर अन्तिम बलमा पूरा गर्‍यो । लखनउको जितका नायक बनेका मुकुल चौधरीले मात्र २७ बलमा २ चौका र ७ छक्काको मद्दतले अविजित ५४ रन बनाए । उनले अन्तिम ओभरमा आवश्यक १४ रन बनाउँदै टोलीलाई महत्वपूर्ण दुई अंक दिलाए । लखनउका लागि आयुष बदोनीले ५४ र एडेन मार्करमले २२ रनको योगदान दिएका थिए ।

बलिङतर्फ कोलकाताका वैभव अरोरा र अनुकुल रोयले २–२ विकेट लिए पनि अन्तिम ओभरमा रन रोक्न नसक्दा हार बेहोर्नुपर्‍यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो । उसका लागि युवा ब्याटर अंगकृष रघुवंशीले सर्वाधिक ४५ रन बनाए भने कप्तान अजिंक्य रहाणेले ४१ रनको योगदान दिए । त्यस्तै, रोभम्यान पावेलले ३९ र क्यामरुन ग्रीनले ३२ रन जोडे पनि त्यो स्कोर जितका लागि पर्याप्त हुन सकेन ।

लखनउका दिगभेष राठी, मनिमारन सिद्धार्थ र आवेश खानले १–१ विकेट लिए । आक्रामक ५४ रन जोडेका लखनउका मुकुल चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

यो जितसँगै पाँचौं स्थानको लखनउले तीन खेलबाट चार अंक जोडेको छ । कोलकाता भने चार खेल खेल्दा एक अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ६ : ३० बजे

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग