चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता « Khabarhub

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ । खाता सञ्चालनमा आएसँगै लामो समयदेखि रोकिएको कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता र विकास निर्माणका कामको भुक्तानी हुने भएको छ ।

खाता रोक्का हुँदा नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकले तलब पाउन सकेका थिएनन् । यसका साथै विद्यालयका पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजा र विद्यालय व्यवस्थापन अनुदानसमेत रोकिएकाले शैक्षिक क्षेत्र नराम्ररी प्रभावित भएको थियो । तलब नपाएपछि कर्मचारी र शिक्षकहरूले नयाँ वर्ष २०८३ अघि नै निकासा नभए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका थिए ।

नगरपालिकाको खाता रोक्का हुनुको मुख्य कारण प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाको सरुवासम्बन्धी विवाद थियो । सरकारले झाको स्थानमा शिक्षातर्फका उपसचिवलाई पठाउन खोजेपछि नगरपालिकाले असहमति जनाएको थियो । आफ्नो अवकाश हुन केही महिनामात्र बाँकी रहेको भन्दै झाले सरुवा रोक्न प्रशासकीय अदालतमा मुद्दा दायर गरेका थिए ।

अदालतले फागुन ११ गते सरुवालाई यथास्थितिमा राख्न आदेश दिए पनि मन्त्रालयले खाता फुकुवा नगर्दा समस्या लम्बिएको थियो । हाललाई जयकान्त झा नै प्रमुख प्रशासकीय अधिकृतका रूपमा कायम रहनेगरी खाता सञ्चालन भएको हो ।

खाता सञ्चालन भएपछि नगरप्रमुख चौधरीले प्रशासनिक जटिलताका कारण सेवाग्राही र कर्मचारीले भोग्नुपरेको समस्याप्रति आफूहरू सजग रहेको बताए।

 उनले भने, ‘लामो समयको अवरोध हटेको छ, अब नगरपालिकाको आर्थिक र प्रशासनिक कामकाजले पुनः गति लिनेछ र रोकिएका सबै प्रक्रियालाई हामी द्रुतगतिमा अगाडि बढाउनेछौँ ।’

खाता खुलेपछि अब कर्मचारीको रोकिएको तलब र सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया तत्कालै अघि बढ्ने नगरपालिकाले जनाएको छ ।
 

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ७ : ०१ बजे

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ