लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण « Khabarhub

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि मिसाइल आक्रमण गरेको छ। दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमण भएपछि अवस्था झन् तनावपूर्ण बनेको छ।

इजरायली वायुसेनाले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार लेबनानमा रहेका हिज्बुल्लाहका ‘आतंकवादी ठिकाना’ र मिसाइल प्रक्षेपण स्थललाई लक्षित गरी आक्रमण गरिएको हो। दक्षिण लेबनानको एक गाउँ आक्रमणपछि पूर्ण रूपमा ध्वस्त भएको र त्यहाँका घरहरू भग्नावशेषमा परिणत भएको तस्वीरहरू सार्वजनिक भएका छन्।

लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार इजराइली लडाकु विमानहरूले अन्य शहरहरूमा पनि आक्रमण गरेका छन्। ती आक्रमणमा सर्वसाधारण घाइते भएका छन् भने धेरै घरहरूमा क्षति पुगेको छ।

यता, हिज्बुल्लाहले पनि इसराइलमाथि जबाफी आक्रमण गरेको पुष्टि गरेको छ। समूहले उत्तरी इसराइलतर्फ रकेट प्रहार गरेको जनाएको छ। हिज्बुल्लाह समर्थित टेलिभिजन च्यानल अल–मनारका अनुसार हाइफा शहरलाई ‘उन्नत मिसाइल’मार्फत निशाना बनाइएको हो।

हिज्बुल्लाहले आफ्नो बयानमा आफूहरूले युद्धविरामको पालना गरेको दाबी गर्दै इसराइलले त्यसको उल्लंघन गरेपछि जबाफी कदम चालिएको उल्लेख गरेको छ। साथै, बिंत जबैल क्षेत्रमा इसराइली सैनिकहरूलाई लक्षित गरी रकेट आक्रमण गरिएको पनि जनाइएको छ, यद्यपि यसबारे इसराइली सेनाले औपचारिक प्रतिक्रिया दिएको छैन।

उता, इसराइलको आपतकालीन सेवाले उत्तरी क्षेत्रमा भएको आक्रमणको जवाफ दिइरहेको जनाएको छ। दुवै पक्षबीचको आक्रमण र प्रत्याक्रमणले क्षेत्रीय तनाव थप चर्किएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ८ : ५६ बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण