लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु « Khabarhub

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट पारेका छन्। उनले इजरायली सेनाले  हिजबुल्लाह का ठिकानामा आक्रमण जारी राखेको बताएका छन्।

प्रधानमन्त्री कार्यालयद्वारा सार्वजनिक गरिएको भिडियो सन्देशमा नेतन्याहूले उत्तरी इजरायलका बासिन्दालाई सम्बोधन गर्दै भने, ‘लेबनानमा कुनै सङ्घर्षविराम लागू छैन। हामी पूर्ण शक्तिका साथ हिजबुल्लामाथि आक्रमण गरिरहेका छौं र तपाईंहरूको सुरक्षा सुनिश्चित नभएसम्म रोकिने छैनौँ।’

यसअघि उनले आफ्नो मन्त्रिमण्डललाई लेबनानसँग वार्ता अघि बढाउन निर्देशन दिएको पनि बताएका थिए। नेतन्याहुका अनुसार लेबनानतर्फबाट पटक–पटक गरिएको प्रत्यक्ष वार्ताको प्रस्तावलाई ध्यानमा राख्दै सरकारलाई यथाशीघ्र वार्ता सुरु गर्न भनिएको हो।

उनले लेबनानका प्रधानमन्त्रीद्वारा ‘बेरूतको निरस्त्रीकरण’ सम्बन्धी अपीलको प्रशंसा गर्दै सम्भावित वार्ता हिजबुल्लालाई हतियार त्याग गराउने र इजरायल–लेबनानबीच दीर्घकालीन शान्तिपूर्ण सम्बन्ध स्थापना गर्ने विषयमा केन्द्रित हुने बताएका छन्।

हाल इजरायल र लेबनानबीच तनाव उच्च अवस्थामा रहेको छ र सीमावर्ती क्षेत्रमा आक्रमण–प्रतिआक्रमण जारी छ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ९ : ३७ बजे

प्रधान सेनापति सिग्देलद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी