आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई « Khabarhub

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा आफू प्रधानमन्त्री नभए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि दोष बोक्नु परेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सत्ता साझेदारका रुपमा जोडिएका देउवा पछिल्लो समय एकपछि अर्को संकटमा छन् ।

भदौयता उनी दिनदिनै शक्तिहीन हुँदै गएका छन् । गत पुसको विशेष महाधिवेशनबाट गगनकुमार थापाले उनलाई सभापति पदबाटै बिदा गरिदिए ।

गत भदौको जेन-जी आन्दोलनमा घरमै श्रीमती आरजु राणासहित कुटाइ खाएका उनी त्यसयता देशविदेश भौतारिइरहेका छन् ।

कहिले सिंगापुर त कहिले हङकङतिर डुलिरहेका उनीविरुद्ध वर्तमान सरकारले सम्पत्ति शुद्धीकरण कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी नै जारी गरेको छ।

त्यसअघि नै उनी नेपाल आएर कांग्रेसमा इतर समूहलाई सक्रिय बनाउने तयारी थियो । तर उनी नेपाल नआएसँगै पूर्णबहादुर खड्का नेतृत्वको कांग्रेसको समूह अहिले निष्क्रिय जस्तै छ ।

उता आफूसहित आरजुलाई पनि पक्राउ पुर्जी जारी भएपछि अब उनले नेपाल फर्किने कि नफर्किने दोधारमा परेका छन् ।

विदेशमै रहेका बेला पक्राउ पुर्जी जारी भएपछि देउवाले आफू खुल्ला किताबजस्तै रहेको बताइसकेका छन् । तर पनि राज्यले अनुसन्धान गर्ने भएपछि उनले कि त आफैं नेपाल फर्किनुपर्छ कि त कानुनी उपायद्वारा सरकारले फर्काउने छ।

पक्राउ पुर्जी जारी भएको सन्दर्भमा नेपाल आउन लागेका देउवालाई पत्नी आरजुले विमानस्थलमै रोक्दै गरेको दृश्यलाई व्यंग्यात्मक र प्रतीकात्मक शैलीमा यो कार्टुनमार्फत् चित्रित गर्ने कोसिस गरिएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १ : १३ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल असार ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै