नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट « Khabarhub

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले घटेर दुई हजार ८३७ दशमलव ७७ बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ४७ प्रतिशतको गिरावट हो ।

आज ३३५ कम्पनीको दुई करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर ९७ हजार ४८० पटक खरिद बिक्री हुँदा रु आठ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९६७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव ०८ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ५९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । 

बैंकिङ शून्य दशमलव ७४, विकास बैंक शून्य दशमलव ६७, वित्त शून्य दशमलव ६०, होटल तथा पर्यटन शून्य दशमलव ४४, लगानी शून्य दशमलव १२, जीवन बीमा शून्य दशमलव ७१, लघुवित्त शून्य दशमलव ७३, म्युचुअल फन्ड शून्य दशमलव ४९, निर्जीवन बीमा शून्य दशमलव ४८ र अन्य समूह एक दशमलव ३९ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा भुजुङ हाइड्रोपावर लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड, होटल फरेस्ट इन लिमिटेड र पाल्पा सिमेन्ट इन्ड्रस्टिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

एनआईसी एसिया ब्यालेन्स फन्डको शेयर मूल्य चार दशमलव १७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ३ : ५२ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा