आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण « Khabarhub

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि दर दुई दशमलव सात प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेको छ । 

एडिबीद्वारा प्रकाशित ‘एसियन डेभलपमेन्ट आउटलुक अप्रिल २०२६’ अनुसार यो दर अघिल्लो आर्थिक वर्षमा चार दशमलव छ प्रतिशत रहेकामा यस वर्ष न्यून देखिएको हो ।

एडिबीका नेपालका देशीय निर्देशक आर्नो कोस्वाका अनुसार राजनीतिक अनिश्चितता, गत भदौको जेन-जी आन्दोलन तथा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण आर्थिक वृद्धि सुस्त हुने देखिएको हो । 

राजनीतिक स्थायित्व कायम भएमा सुधारका कार्यक्रम अगाडि बढ्न र आर्थिक विश्वास बढ्न सहयोग पुग्ने उल्लेख गर्दै कोस्वाले मध्यपूर्व द्वन्द्वका कारण तेलको मूल्य, पर्यटन तथा विप्रेषणमा पर्ने असरले जोखिम कायम रहेको बताए ।

प्रतिवेदनमा आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर पाँच प्रतिशत पुग्ने अनुमान गरिएको छ । हाल देखिएका अवरोध क्रमशः कम हुँदै जाँदा आन्तरिक मागमा सुधार, जलविद्युत् निर्यातमा वृद्धि तथा पर्यटन क्षेत्रको पुनरुत्थानले अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा गरिएको छ ।

एडिबीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मूल्यवृद्धि दर तीन दशमलव सात प्रतिशत रहने र २०८३/८४ मा बढेर चार दशमलव पाँच प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । आन्तरिक आर्थिक गतिविधि विस्तारसँगै मूल्यमा थप दबाब पर्ने जनाइएको छ ।

चालु खाता बचत आर्थिक वर्ष २०८२/८३ मा कुल गार्हस्थ्य उत्पादनको सात दशमलव दुई प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्ष छ दशमलव सात प्रतिशत थियो । 

विप्रेषण आप्रवाह र निर्यातमा मध्यम वृद्धि भए पनि वैदेशिक रोजगारीमा अस्थायी कमी, उच्च तेल मूल्यका कारण आयात खर्च बढ्नु तथा पर्यटन आम्दानीमा सम्भावित गिरावटका कारण केही दबाब पर्ने जनाइएको छ । 

आगामी आर्थिक वर्षमा भने चालु खाता बचत पाँच दशमलव तीन प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

प्रतिवेदनमा समग्र आर्थिक अवस्था उच्च अनिश्चिततामा रहेको उल्लेख गर्दै मध्यपूर्व द्वन्द्व लम्बिनु, पुँजीगत बजेट कार्यान्वयन कमजोर हुनु, वित्तीय क्षेत्रका जोखिम तथा जलवायुजन्य विपद् प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ । 

साथै अन्तर्राष्ट्रिय तेल मूल्यको उतारचढाव तथा खाडी मुलुकसँग सम्बन्धित विप्रेषणमा सम्भावित कमीले थप जोखिम सृजना गर्न सक्ने जनाइएको छ ।
 

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ५ : ३२ बजे

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु