ब्लकबस्टरको रातपातमा ‘राम नाम सत्य’ साइन गरेका विराजलाई फिल्म चलाउन ‘माउथ पब्लिसिटी’को भर « Khabarhub

ब्लकबस्टरको रातपातमा ‘राम नाम सत्य’ साइन गरेका विराजलाई फिल्म चलाउन ‘माउथ पब्लिसिटी’को भर


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्षको दशैँमा प्रदर्शनमा आएको ‘१२ गाउँ’ ब्लकबस्टर रापतापमा नायक विराज भट्टले साइन गरेको फिल्म ‘राम नाम सत्य’ शुक्रबारबाट हलमा लागेको छ ।

नयाँ वर्ष लक्षित गरी प्रदर्शनमा आएको ‘राम नाम सत्य’ले शुक्रबारका लागि १५० भन्दा बढी शो पाएको थियो । सोलो रिलिज भएको यस फिल्मलाई हलमा दर्शक तान्न थप सहज छ । हलमा यो एक मात्रै फिल्म हो । चर्चामा रहेका विदेशी फिल्म पनि हलमा छैनन् ।

तर, ‘राम नाम सत्य’को ओपनिङ कमालको छैन । दुई-चार हल हाउसफुल भए अन्यमा अकुपेन्सी कमजोर नै देखिन्छ । ठूलो ओपनिङ कलेक्सन हुने संकेत छैन ।

दोस्रो दिन शनिबारका लागि हलहरूले २०० भन्दा बढी शो छुट्याएका छन् । सार्वजनिक बिदाको दिन पनि यो फिल्मको बुकिङ उत्साहजनक छैन ।

शुक्रबार साँझसम्मको व्यापार-बुकिङ र शनिबारको बुकिङ हेर्दा यो फिल्म हिट हुन ‘माउथ पब्लिसिटी’को आवश्यक पर्ने देखिन्छ ।

अर्थात, शुक्रबार र शनिबारका दर्शकले दिने ‘पोजेटिभ वर्ड अफ माउथ’का कारण यो फिल्मको व्यापार निर्धारण हुने देखिन्छ ।

ओपनिङ कमजोर हुनुलाई फिल्मको प्रचार सामग्रीले तान्न सकेन भन्ने बुझ्न सकिन्छ । तर, दर्शकले मन पराउने फिल्मको प्रचार सामाग्री पनि कमजोर हुन सक्छन् ।

आइतबार र सोमबारदेखि दर्शकको सङ्ख्या बढेर हिट भएका फिल्महरू पनि छन् । यो कुरा ‘राम नाम सत्य’को हकमा लागु हुने सम्भावना उत्तिकै छ ।

तथापि, फिल्मको कमजोर व्यापार विराज भट्टले आफ्नो स्टारडम ओपनिङमा देखाउन भने नसकेको प्रष्ट पारेको छ ।

यस फिल्ममा नायक विराज भट्टका साथमा नायक सुशील श्रेष्ठ, नायिकाहरू सुपुष्पा भट्ट र दिव्या रायमाझी छन् । माइकल चन्दको निर्देशनमा फिल्म बनेको हो ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ६ : ३८ बजे

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै