बालआश्रम निर्माणका लागि टोखाले २० लाख सहयोग गर्ने « Khabarhub

बालआश्रम निर्माणका लागि टोखाले २० लाख सहयोग गर्ने


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको टोखा नगरपालिकाले बालआश्रम भवन निर्माणका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । 

हाम्रो बाल संरक्षण धरोहर नेपालको आयोजना तथा एसिया प्यासिफिक स्कुल टोखाको सहयोगमा आजदेखि यहाँ सुरु भएको श्रीमद् भागवत ज्ञान महायज्ञमा टोखाले आश्रम निर्माणका लागि २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

सप्ताहको उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले अनाथ तथा असहाय बालबालिकाको संरक्षणका लागि हाम्रो बाल संरक्षण धरोहर नेपालले निर्माण गर्न लागेको आश्रमका लागि स्थानीय सरकारको तर्फबाट टोखाको साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

‘बालआश्रम निर्माणका लागि आवश्यक पर्ने जग्गा र भवन निर्माणको बजेटका लागि अहिले टोखा नगरपालिकाको तर्फबाट रु २० लाख सहयोग गर्नेछ, पछि अपुग भएमा नगरपालिकाको सहयोग निरन्तर रहनेछ’, नगरप्रमुख अधिकारीले भने । 

उनले महान् उद्देश्यका साथ अनाथ तथा असहाय बालबालिकाका लागि आवास निर्माण गर्ने उद्देश्यले सुरु गरिएको सप्ताह ज्ञान महायज्ञमा सहभागी भई आफूले सकेको दान गर्न नगरवासीलाई आग्रहसमेत गरे ।

नगरपालिकाकी उपप्रमुख मुरारी तामाङले सकारात्मक कामका लागि स्थानीय सरकारको सधैँ साथ र सहयोग रहने बताइन् । 

वडा नं ६ का वडाध्यक्ष शान्ता खनाल पौडेलले सडकमा रहेका बेवारिसे बालबालिकाको संरक्षणमा हाम्रो बाल संरक्षण धरोहर नेपालले खेलेको भूमिका सराहनीय रहेको धारणा राखिन् । टोखा नगरपालिकालाई बालमैत्री स्थानीय सरकार घोषणा गर्नका लागि स्थानीय सरकार लागेकाले यसमा सहयोग गर्न सबैलाई उनले आग्रह गरिन् । 

सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिका संयोजक एवं स्कुलका प्राचार्य रमेश घिमिरेले अनाथ तथा असहाय बालबालिकाका लागि आश्रम निर्माण गर्ने उद्देश्यले आजदेखि सप्ताह ज्ञान महायज्ञ सुरु गरिएकाले यसमा सहभागी हुन सबैलाई आह्वान गरे  । 

बालबालिकाको संरक्षण गर्ने जिम्मा सरकारको भए पनि व्यक्तिको पहलमा गरिएको यस्तो प्रयासमा सबैको साथ र सहयोग आवश्यक पर्नेमा उनले जोड दिए ।

संस्थाकी संस्थापक विनीता अर्यालले अनाथ तथा असहाय बालबालिका बस्नका लागि स्थायी घर निर्माण गर्ने उद्देश्यका साथ सप्ताह सुरु गरिएको बताइन् । 

आजदेखि सुरु भएको सप्ताह ज्ञान महायज्ञ आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ । उक्त श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको भागवत मञ्जरी राधिका दासले कथावाचन गरिरहेकी छन्  ।
 

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ६ : ३१ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा