उपसभामुखको निर्वाचन : राप्रपाकी सरस्वतीलाई ५ भोट, एमाले तटस्थ बस्यो « Khabarhub

उपसभामुखको निर्वाचन : राप्रपाकी सरस्वतीलाई ५ भोट, एमाले तटस्थ बस्यो


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकबाट उम्मेदवार सांसद सरस्वती तामाङलाई केबल ५ भोट मात्रै मिलेको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा राप्रपा सांसद तामाङलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको घोषणा गरे।

राप्रपा सांसद ज्ञानबहादुर शाहीले तामाङलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका थिए।

उनको पक्षमा राप्रपाका सांसदले मात्रै मत दिँदा विपक्षमा २१५ मत परेको छ। उता मत दिन्न भन्ने पक्षमा ३७ मत परेको छ। जुन नेकपा एमालेसहितको मत हो ।

उता रास्वपा, कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीले विपक्षमा मतदान गरे । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा २५७ सांसद उपस्थित भए ।

अब श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतदान भइरहेको छ। 

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ६ : ४२ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ