प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेश विजयी « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेश विजयी


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पर्सा – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशलाई हराउँदै बागमती प्रदेश विजयी भएको छ । आज वीरगन्जको नारायणी रङ्गशालामा भएको खेलमा बागमतीले मधेस प्रदेशलाई ३५ रनले हराएको हो ।

सुरुआती ब्याटिङ गरेको बागमतीले ४८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय आठ रन जोडेको थियो । बागमतीका उत्तम मगरले ७५ बल खेल्दै ४४ रन जोडेका थिए भने सन्दीप लामिछानेले पनि ३४ बलमा ३६ रन जोडेका थिए ।

मधेस प्रदेशका पवन सर्राफले तीन विकेट र रञ्जित कुमारले दुई विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको मधेसले ३४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ७३ रनमा समेटिएको थियो । मधेसका मयन यादवले ५० बलमा ४० रन जोडेका थिए भने मोहम्मद आदिल आलमले २० बलमा २७ रन जोडेका थिए ।

बागमतीका प्रतिश जिसीले पाँच विकेट र रिजन ढकालले समान दुई विकेट लिएका थिए । बागमतीका जिसी आजको खेलमा प्लेयर अफ दी म्याच घोषित हुँदै नगद रु पाँच हजार पुरस्कार पाएका छन् ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ८ : ०८ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६