आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु « Khabarhub

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क पोथी गैँडाको मृत्यु भएको छ ।

निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरका अनुसार बिहीबार निकुञ्जमा गस्ती गएका सेनालाई गैँडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि चलाएको गोलीबाट गैँडाको मृत्यु भएको हो ।

निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणअन्तर्गत सेहरी सुरक्षा पोष्टबाट परिचालित टोली गस्ती जाने क्रममा अकस्मात् अर्ध वयस्क बच्चासहितको पोथी गैँडाले टोलीको एक जना सिपाहीलाई आक्रमण गरेको थियो ।

आत्मरक्षाका लागि गैँडा धपाउन १४ राउन्ड हवाई फायर गर्दा पनि गैँडा नभागेपछि आक्रमणमा परेका सिपाहीको बचाउका लागि थप दुई राउन्ड गोली चलाउँदा गैँडालाई लागेको निकुञ्जले जनाएको छ । गोली लागेर अन्दाजी २४ वर्षको पोथी गैँडाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १० : १६ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा