पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा « Khabarhub

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र अनुशासनको खाँचो भएको बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखाको व्यवस्थापनमा आज पोखरामा आयोजित ‘निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एक वर्षपछिको स्थानीय र प्रदेश निर्वाचनलाई ध्यान दिँदै कठिन मेहनत गर्नुपर्ने छ ।’

संसारभरि ‘पपुलिजम’ र नयाँ मिडियाका कारण पुराना राजनीतिक पार्टी अप्ठ्यारोमा परेको बताउँदै उनले सबैतिर राजनीतिक र आर्थिक उदारवाद आवश्यक देखिएको उल्लेख गरे ।

त्यसैगरी उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व चयन भएकै कारण विधि मिच्यो भनेर अदालतमा जानुको कुनै औचित्य नभएको बताउँदै अब एक ढिक्का भएर पार्टीलाई कसरी अगाडि बढाउने भन्ने बारेमा चिन्तन गर्न नेताहरु लाग्नुपर्नेमा जोड दिए । थापाको नेतृत्वलाई अगाडि बढाउँदै कांग्रेसले आफ्नो कार्ययोजना अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

महामन्त्री प्रदीप पौडेलले निर्वाचनको परिणामलाई समीक्षा गर्दै सच्चिएर जाने मौका मिलेको बताए । उनले पार्टीभित्र सुधार गर्नुपर्ने विषय खोज्नु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १० : ३३ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष