इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै « Khabarhub

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात पारेको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई ३–० गोलले पराजित गर्दै उपाधि दौडको आशा जिवितै राखेको छ ।

एतिहाद स्टेडियममा भएको खेलमा सिटीका जेरेमी डोकुले खेलको ६०औँ मिनेटमा सुरुवाती गोल गरेका थिए ।

यस्तै, ७५औँ मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै टोलीलाई २–० गोलको अग्रता दिलाए ।

यसैगरी, इन्जुरी समयमा ओमार मार्मुशले गोल गरेसँगै म्यानचेस्टर सिटी ३–० गोलले विजयी भयो ।

यो जितसँगै ३५ खेलबाट म्यानचेस्टर सिटी ७४ अंकसहित दोस्रो स्थानमा रहेको छ । ५१ अंक जोडेको ब्रेन्टफोर्ड आठौँ स्थानमा । यस्तै, जारी लिगमा समान खेल खेलेको आर्सनल ७६ अंकका साथ शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ८ : ११ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी