म्याग्दीको गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन « Khabarhub

म्याग्दीको गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ । छन्त्याल र दलित समुदायको बसोबास रहेको परम्परागत ढुङ्गे घरहरू गुजमुज्ज मिलेर बसेको गुर्जा गाउँमा चलचित्र ‘सारथी’को छायाङ्कन सुरु गरिएको हो ।

सदरमुकाम बेनीदेखि सबैभन्दा टाढाको दूरीमा जिल्लाको अन्तिम बस्तीका रूपमा रहेको गुर्जामा यसअघि विभिन्न म्युजिक भिडियोको छायाङ्कन गरिएको भए पनि चलचित्रको छायाङ्कन थालिएको भने पहिलो पटक हो ।

गुर्जा र चुरेन हिमाल अवस्थित गुर्जामा रहेको प्राकृतिक, सांस्कृतिक र परम्परागत जनजीवनको पाटोलाई समेत समेटेर चलचित्रका दृश्य खिच्न थालिएको छ । सामाजिक कथावस्तुमा आधारित सारथी चलचित्रको निर्माण टोली दुई सातादेखि गुर्जामै बसेर चलचित्र निर्माणका लागि कलाकारहरूको अभिनय छायाङ्कन गरिरहेको प्रमुख निर्माता तारा थापाको भनाइ छ ।

फिल्म निर्माणका लागि करिब ६० जनाको समूह गुर्जा पुगेको छ । गुर्जाको मुख्य बस्ती, देउराली डाँडालगायत क्षेत्रमा दृश्य छायाङ्कनको काम भइरहेको छ । प्रमुख निर्माता थापाका अनुसार उत्तम प्रधान, निरुता सिंह, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसीलगायत नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारको अभिनय रहने यस चलचित्रमा गुर्जाकै कलाकार गिरी विश्वकर्मासहित गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मालगायतका नयाँ कलाकारको पनि अभिनय रहने छ ।

यस चलचित्रको अधिकांश दृश्य गुर्जा वरपर नै छायाङ्कन गरिने निर्देशक कुमार गजुरेलले जानकारी दिए । गुर्जाकै सामाजिक विषयलाई कथावस्तु बनाएर तयार गर्न लागिएको यस चलचित्रको माध्ययमबाट गुर्जामा लुकेर रहेको पर्यटन सम्भावनालाई समेत विश्वमाझ परिचित गराउन सहयोग पुग्ने उनले बताए ।

गुर्जामा संसारलाई चिनाउनुपर्ने धेरै ठाउँ र कला संस्कृति भएकाले राष्ट्रियस्तरबाट यसको पहल हुनुपर्ने उनको भनाइ छ ।

जिल्लाकै सबैभन्दा दुर्गम बस्तीको उममा पाएको गुर्जामा हालैमात्र सडक सञ्जालको पहुँच जोडिएको छ । भूगोलले दूरी टाढा भए पनि प्राकृतिक सौन्दर्य र सम्भावनाले भरिपूर्ण गुर्जामा फिल्म छायाङ्कनले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रचारप्रसारमा सघाउने धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

यस चलचित्रमा सौर्यल थापा, रदिप श्रेष्ठ, धीरज तामाङ र प्रदीप रायमाझी निर्माताका रूपमा रहेका छन् भने कुमार गजुरेलको डेव्यु निर्देशन रहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ९ : १४ बजे

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी

६ जना फरार प्रतिवादी पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका ६ जना फरार