बहिष्कार खेपेका दुई फिल्म : दर्शक तान्दै ‘लालीबजार’, संकटतिर ‘मालती मंगले’ « Khabarhub

बहिष्कार खेपेका दुई फिल्म : दर्शक तान्दै ‘लालीबजार’, संकटतिर ‘मालती मंगले’


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जालमा बहिस्कारमा परेका र शुक्रबारबाट एकसाथ प्रदर्शनमा आएका दुई फिल्म ‘लालीबजार’ र ‘मालती मंगले’को तेस्रो दिनमा हलमा लागिरहेका छन् । 

जसमा ‘लालीबजार’को व्यापार सन्तोषजनक देखिएको छ । ‘मातली मंगले’को व्यापार मध्यमभन्दा पनि कमजोर देखिएको छ । 

‘लालीबजार’को व्यापार शुक्रबार न्यून थियो । शनिबार उल्लेखनीय संख्यामा दर्शकहरू हलमा पुगेका थिए । आइतबार सार्वजनिक बिदा भए पनि शनिबारको तुलनामा बुकिङ कमजोर छ । तथापि, दिउँसो १२ बजेपछि नै १० वटा शोको बुकिङ हाउसफूल देखिएको छ । 

यो फिल्म हेर्न परिवार नै हलमा पुगेको पाइएको छ । अब यो फिल्मले व्यापार माउथ पब्लिसिटीमा निर्भर छ । जसका लागि पर्याप्त दर्शकले यस फिल्म हेरिसके । 

‘मालती मंगले’को भने आइतबार १२ बजेपछि मात्रै दुई शो हाउसफूल छन् । अन्य शोहरूमा पनि बुकिङ उत्कृष्ट देखिँदैन । तथापि, माउथ पब्लिसिटीले यो फिल्म हेर्न दर्शकको चाप बढ्ने सम्भावना जीवित नै छ । 

‘लालीबजार’को तुलनामा ‘मालती मंगले’को व्यापार र शो न्यून देखिन्छ । ‘नथिया कुप्रथा’को बारेमा बनेको फिल्म ‘लालीबजार’की शीर्ष कलाकार नायिका स्वस्तिमा खड्का हुन् ।

उनको साथमा नायक रवीन्द्रसिंह बनियाँको अभिनय छ । यम थापाको लेखन र निर्देशनमा यो फिल्म बनेको हो । 

गायक रामकृष्ण ढकालको लगानीमा बनेको फिल्म ‘मालती मंगले’को नायक विजय बराल र नायिका वर्षा सिवाकोटी हुन् । 

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  १ : ५५ बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम