छैटौं पटक अनशनमा रूबी : निर्मला कुर्मीको न्यायका लागि प्रहरी कार्यालय परिसरबाटै गुहार्दै सरकार « Khabarhub

छैटौं पटक अनशनमा रूबी : निर्मला कुर्मीको न्यायका लागि प्रहरी कार्यालय परिसरबाटै गुहार्दै सरकार


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अधिकारकर्मी रुबी खान पछिल्लो १३ दिनदेखि जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा अनिश्चितकालीन अनशनमा छिन् । बाँकेकै निर्मला कुर्मीको हत्याबारे उनी अनशन बसेको यो छैटौं पटक हो ।

निर्मला हत्या प्रकरणमा संलग्नहरूलाई कारबाही गर्न आफूसहितका अधिकारकर्मीले पटक–पटक आवाज उठाउँदै आएको उनले बताइन् । तर पनि सरकारले निरन्तर बेवास्ता गरेको उनले गुनासो गरिन् ।

२०८२ फागुन २१ को निर्वाचनलगत्तै कुर्मीको मुद्दा अदालत लैजाने सहमति भएको थियो । तर त्यसपछि पनि पीडित पक्षले न्याय पाउन नसकेपछि अनशन बस्नुपरेको खानले बताइन् ।

कुर्मीको हत्यामा संलग्नलाई कारबाही गर्न सरकारसँग पाँच पटकसम्म सहमति भएको थियो । तर कार्यान्वयन भएको छैन । यसका साथै, मुद्दा अदालतसम्म लैजाने सरकारको मनसाय नदेखिएको रुबी बताउँछिन्।

कर्तव्य ज्यानसम्बन्धी निर्मला कुर्मी र गुडिया मुद्दा तत्काल अदालतमा लैजानुपर्ने, उपचार अभावमा मृत्यु भएका नाबालक दिपेश चमारको मुद्दामा थप ३ जनामाथि पूरक जाहेरी लिई निष्पक्ष अनुसन्धान गर्नुपर्ने लगायत ९ बुँदे माग राख्दै रुबी वैशाख १५ देखि अनिश्चितकालीन अनशनमा छिन् ।

घटना के हो ?

नेपालगञ्ज उपमहानगरपालिका-१७ परस्परकी निर्मलाको २०७७ सालमा रहस्यम मृत्यु भएको थियो । निर्मलाका श्रीमानको २०६२ सालमा मृत्यु भएको थियो । त्ययसछि उनको जमिन हडप्न दुवै छोरा र निर्मलाको समेत हत्या गरिएको दाबी पीडित पक्षको छ।

मधुमेहका बिरामी निर्मलाका श्रीमान् महलु कुर्मीको २०६२ सालमा निधन भएपछि उनको ४ बिघा १० कट्ठा जमिनमा भूमाफियाको नजर परेको थियो ।

त्यसै क्रममा २०६६ मंसिरमा कुर्मीका दुवै छोरा राम सागर र सुरेशको पनि १० दिनको फरकमा रहस्यमय मृत्यु भएको थियो ।

छोराहरूको मृत्युपछि निर्मलाले २०६६ मा महिला अधिकार मञ्चसँग आफूलाई छिमेकी पर्ने बादशाह कुर्मीले हिंसा गर्दै सम्पत्ति हडप्न खोजेको बताएकी थिइन् ।

बादशाहले निर्मलाका पति र छोराको नाममा रहेको ५ बिघा जग्गाको लालपुर्जा, नागरिकता र नाता कायमसम्बन्धी कागजपत्र कब्जामा लिएका थिए ।

निर्मलाले आफ्ना श्रीमान् र छोराहरूको नाममा रहेको जग्गाको लालपुर्जा, नागरिकता र नाता कायमसम्बन्धी कागजपत्र फिर्ता गराइदिन प्रशासन माग गरेकी थिइन् ।

आफूविरूद्ध उजुरी गरेको थाहा पाएपछि बादशाहले २०६६ माघ २० गते जिल्ला प्रशासन कार्यालयबाट फर्किँदै गरेकी निर्मलालाई सार्वजनिक स्थलमै दुर्व्यवहार गरेका थिए ।

अपहरण शैलीमा घिसार्दै घरमा लगेर बन्धक बनाइएकी निर्मलाको माघ २१ गते प्रहरीले उद्धार गरेको थियो । तर बादशाहमाथि कारबाही भएन ।

त्यसैक्रममा २०७५ माघ २५ गते राति अचानक निर्मला बेपत्ता भइन् । त्यसको दुई वर्षपछि निर्मलाको मृत्यु भएको खबर फैलियो ।

महिला अधिकार मञ्चले २०७७ चैत २० गते बादशाह कुर्मीले नै निर्मलालाई अपहरण गरी भारत लगेर हत्या गरेको दाबीसहित बाँके प्रहरीमा उजुरी दिएको थियो ।

बादशाहविरूद्ध मुद्दा दर्ता गरे पनि प्रहरीले अनुसन्धान अघि नबढाएपछि रुबी खान पाँच वर्षदेखि निरन्तर आन्दोलनमा छिन् । बादशाह अहिले बाँकेको निर्वाचन क्षेत्र नम्बर– ३ ‘ख’ बाट लुम्बिनी प्रदेशसभा सदस्य छन् ।

निर्मलाको न्यायका लागि २०७८ असोज २० गते २० दिन पैदल हिँडेर रूबीसहितका अधिकारकर्मी नेपालगञ्जदेखि ५२० किलोमिटर दूरीमाको काठमाडौं पुगेर अनशनमा बसेका थिए।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  १ : ३५ बजे

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं– नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय