रौतहटमा लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सुरु « Khabarhub

रौतहटमा लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सुरु


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर (रौतहट)- रौतहटमा प्रहरीले ‘लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ सञ्चालनमा ल्याएको छ । रौतहटमा पछिल्ला समय युवापुस्तामाझ लागूऔषधको प्रयोग र कारोबार बढ्दै गएपछि प्रहरीले ‘लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ सञ्चालन गरेको हो । नेपाल–भारत सीमा क्षेत्र तथा जिल्लाको उत्तरीभेग चन्द्रनिगाहपुरको विभिन्न भू–भागमा लागूऔषध सेवनकर्ता तथा बिक्रीवितरणमा बढोत्तरी भएपछि यसको नियन्त्रणका लागी प्रहरी सक्रिय भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा लागूऔषध कारोबारसम्बन्धी मुद्दामा २६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रहरीले ६३ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए । उनका अनुसार लागूऔषध नियन्त्रण केबल पक्राउ र कारबाहीमा सीमित राखेर समस्या समाधान नहुने देखिएपछि जिल्लामा ‘लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ शुक्रबारदेखि सुरु गरिएको हो ।

प्रहरीको तथ्याङ्कले रौतहटमा सीमावर्ती क्षेत्र हुँदै लागूऔषध ओसारपसार तथा युवामा यसको प्रयोग बढ्दै गएको देखाइरहेको छ । विशेषगरी बेरोजगारी, कमजोर पारिवारिक निगरानी, सीमापार सहज आवतजावत र साथीहरूको प्रभावका कारण किशोर तथा युवा वर्ग लागूऔषधको दुर्व्यसनतर्फ आकर्षित भइरहेको प्रउ रिजालको भनाइ छ । प्रउ रिजालले लागूऔषध दुर्व्यसनलाई केवल कानुनी विषयका रूपमा नभई सामाजिक, पारिवारिक र स्वास्थ्यसँग गाँसिएको जटिल समस्याका रूपमा बुझ्नुपर्ने बताए ।

पक्राउ गरेर मात्रै समस्या समाधान नहुनेहुँदा खोज, उपचार र सुधारलाई सँगसँगै अघि बढाउनुपर्ने रौतहट प्रहरी प्रमुख रिजालले बताए । अभियानअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा पुगेर लागूऔषध सेवनकर्ताको पहिचान, तथ्याङ्क सङ्कलन, परामर्श सेवा, सचेतनामूलक कार्यक्रम तथा आवश्यक परे उपचार र पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय गरिनेसमेत उनले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार अभिभावक, शिक्षक, जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा सामाजिक सङ्घसंस्थासँग सहकार्य गरिनेछ । पहिचान भएका व्यक्तिलाई अपराधीको दृष्टिले नभई सुधार आवश्यक व्यक्तिका रुपमा हेरेर पुनःसमाजमा स्थापित गर्ने रणनीति बनाइएको छ ।

लागूऔषध दुर्व्यसनीका कारण पनि एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या रौतहटमा बढेको पाइएको छ । पछिल्लो तथ्याङ्कअनुसार रौतहटमा एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या ५४० रहेको छ भने ४२५ जनाले औषधि सेवन गर्दै आएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  २ : ०२ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,