जीवनी होइन इतिहास लेख्न राजनीतिमा आएको हुँ : सभापति लामिछाने « Khabarhub

जीवनी होइन इतिहास लेख्न राजनीतिमा आएको हुँ : सभापति लामिछाने


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू जीवनी नभई इतिहास लेख्न राजनीतिमा आएको बताएका छन् ।

सांसदहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले भने ‘जीवनी लेख्न होइन इतिहास लेख्ने ठाउँमा छौं । इतिहास लेख्ने नै हो, नयाँ अध्यायको शुरूआत गर्दैछौं ।’

जनताले दिएको जिम्मेवारी पूरा गर्न नसके आफूहरू नालायक बन्ने उनको भनाइ छ ।

देशमा परिवर्तनका लागि ऐतिहासिक जनमत प्राप्त गरेको बताउँदै उनले मन्त्री र संसदीय समितिको सभापतिभन्दा सांसदहरूको भूमिका बढी रहेको बताए । उनले सांसदहरुलाई आफ्नो कर्तव्य पूरा गर्ने गरी काम गर्न निर्देशन समेत दिए ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ३ : २१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली