प्रधानन्यायाधीशको चयन विधि गलत भए बहस गरौँ : लामिछाने « Khabarhub

प्रधानन्यायाधीशको चयन विधि गलत भए बहस गरौँ : लामिछाने


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानन्यायाधीशको चयन विधि गलत भएको भए बहस गर्न सकिने बताएका छन् ।

आइतबार रास्वपाका सांसदहरूलाई दिइएको प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति लामिछानेले संवैधानिक परिषद्ले संवैधानिक रूपमा नै प्रधानन्यायाधीशमा सिफारिस गरेको भन्दै सो बताएका हुन् ।

‘प्रधानन्यायाधीश नियुक्तिको सम्बन्धमा चर्चाहरू चलिरहेको विषयलाई लिएर मूर्धन्य मूर्धन्य मानिसहरूले, विभिन्न राजनीतिक दलका मानिसहरूले समेत यो असंवैधानिक भयो, अभ्यास यस्तो थिएन, परम्परा यस्तो थिएन, परम्पराभन्दा बाहिर गयो भनेको सुनियो, मलाई एक जना कसैले भनिदियोस् कसरी असंवैधानिक भयो ?’, उनले प्रश्न गरे ।

असंवैधानिक भएको भए ६/६ जना न्यायाधीशहरूलाई प्रधानन्यायाधीश बन्न सक्ने योग्य मान्छे भनेर संवैधानिक परिषदमा सिफारिस किन गरिएको भन्दै उनले के यो संविधान विपरितको काम हो ? भन्दै थप प्रश्न गरेका छन् । ‘६ जनाको साटो संविधानमा वरिष्ठतम् जो हुनुहुन्छ उहाँलाई नै चुन्नुपर्नेछ भनेको भए संवैधानिक परिषद्को बैठकको पनि आवश्यकता पर्दैनथ्यो सोझै वरिष्ठतम्को नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला तर, संविधानले त्यसो भन्दैन, भनेन’, उनले भने ।

उनले रास्वपा सरकारले नभएर अघि नै न्यायापरिषद्ले ६ जना न्यायाधीशहरूको सिफारिस गरिसकेको र त्यसलाई अहिलेको संवैधानिक परिषद्ले निर्णय गरेर अघि बढाएको बताए । साथै, विधि गलत भएको भए संविधान संशोधनको बहस चलिरहेको बेलामा सो बहस पनि गर्न उनले आह्वान गरे ।

‘संवैधानिक परिषदमा हाम्रो पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री भएर गएपछि उहाँले बैठक गर्दा त्यसरी आएकाहरू मध्येबाट, त्यसरी आएका नामहरू मध्येबाट, ती नामहरू योग्य नाम हो, यही ६ जना सिफारिस हुनुभएकाहरूबाट प्रधानन्यायाधीको चयन हुन्छ भनेर बनाइएको विधि गलत हो भने संविधान संशोधनको बहस चलेको छ, गरौँ बहस’, उनले भने ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ४ : १६ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,