प्रचण्डको चिन्ता : नेपालका कम्युनिस्टलाई सखाप पार्न ठूलो डिजाइन हुँदैछ « Khabarhub

प्रचण्डको चिन्ता : नेपालका कम्युनिस्टलाई सखाप पार्न ठूलो डिजाइन हुँदैछ


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्टहरूको आधार सिद्याउने योजना भइरहेको बताएका छन् ।

आइतबार नेकपा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित २६ औँ निर्मल लामा स्मृति सभामा प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरू निकै ठूलो डिजाइनअन्तर्गत लागिपरेको बताएका हुन् ।

गत निर्वाचनमा कम्युनिस्टहरूलाई सखाप पार्ने रणनीतिअन्तर्गत भएका पर्दाभित्रका खेलहरु बिस्तारै बाहिर आउने उनले बताए।

देश राष्ट्रिय रूपमा पनि निकै अप्ठ्यारो ठाउँमा आइपुगेको भन्दै प्रचण्डले सच्चा कम्युनिस्टहरूबीच एकताको आवश्यकता अहिले झन् बढेको उल्लेख गरे ।

नेपालमा अझै पनि कम्युनिस्टहरूको प्रभाव जनतामा राम्रो रहेको र राष्ट्रिय स्वाधीनताको पक्षमा इमान्दारीसाथ लड्ने तागत कम्युनिस्ट तागत नै हो भन्ने जनताको विश्वास नमरेको उनको भनाइ छ ।

संयोजक प्रचण्डले कम्युनिस्ट र सबै देशभक्तहरूको एकतामा केन्द्रित गरेर एउटा नयाँ अभियानतिर जान नसके दुर्भाग्य हुने बताए ।

उनले अहिले गणतन्त्रैमाथि लोकतान्त्रिक उपलब्धिहरूमाथि प्रहार हुने खतरा दिनप्रतिदिन बढेको महसुुस भएको बताए।

श्रमजीवी वर्गमाथि सरकारले प्रहार गरेर पीडा दिने कोसिस भएकाले कम्युनिस्ट एकता, देशभक्तहरूको एकता पूर्वशर्त जस्तै बनेको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ४ : २० बजे

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा