चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध « Khabarhub

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रमा सञ्चालित स्कुल बसको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरेको थियो । तीन दिन लगाएर गरिएको परीक्षणका क्रममा निर्देशिका कार्यन्वयन नभएको पाइएपछि स्कुल बसलाई तत्काल स्कुल बस सञ्चालन निर्देशिका, २०७४ कार्यान्वयनका लागि निर्देशन दिइएको हो ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार बजार क्षेत्रमा सञ्चालित विद्यालयका १४४ वटा बसको यान्त्रिक परीक्षण गरिएको थियो । सो क्रममा नियमिति मर्मत नभएका, चक्काको टायर नियमानुसार परिवर्तन नगरिएकोलगायत समस्या पाइएको उनले बताए । निर्देशिका अनुसार बसमा फोहर फाल्ने डस्टबिन तथा अग्नि नियन्त्रण यन्त्र नभएको, प्राथमिक उपचारका लागि सामग्री नभएको पाइएपछि ती बसलाई तत्काल निर्देशिका कार्यान्वयनका लागि निर्देशन दिइएको प्रहरी निरीक्षक थापाले बताए ।

उनले भने, “स्कुल बस निर्देशिका, २०७४ ले तोकेबमोजिम मापदण्ड पूरा नगर्ने बसलाई १५ दिनभित्र निर्देशिका कार्यान्वयनका लागि निर्देशन दिइएको हो ।” कार्यालयले यही वैशाख २३ देखि २५ गतेसम्म विद्यालयका बसको यान्त्रिक परीक्षण तथा सवारी चालकको स्वास्थ्य परीक्षण गरेको थियो । सो क्रममा २५० जना सवारीचालक तथा परिचालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयले सोही क्रममा महानगरभित्र रहेका विद्यालयका बसको वायुप्रदूषणको अवस्थासमेत परीक्षण गरेको थियो ।

विद्यालयले सञ्चालनमा ल्याएका पुराना २५ वटा बसको वायुप्रदूषण मापन गरिएकामा आठ वटाले धुवाँ उत्सर्जन गरेको पाइएको थापाले जानकारी दिए । कार्यालयले वैशाख २४ र २५ गते वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागको सहयोगमा वायु प्रदूषण मापन गरेको थियो । सार्वजनिक र विद्यालयका १७३ वटा बसको वायु प्रदूषण मापन गरिएको प्रहरी निरीक्षक थापाले उल्लेख गरे ।

उनका अनुसार ५४ वटा सवारीसाधनले धुवाँ उत्सर्जन गरेको पाइएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ उपदफा (१) को खण्ड (च) अनुसार आवश्यक कारबाही गरिएको छ । साथै सम्भावित दुर्घटना न्यूनीकरण गर्नका लागि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको उनले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ५ : ५४ बजे

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगञ्ज– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न