आज २०८३ साल जेठ २७ गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल जेठ २७ गते बुधबारको राशिफल


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल जेठ २७ गते बुधबार अधिक जेठ कृष्ण पक्षको दशमी तिथि। सन् २०२६ जुन १० तारिख।  नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः  

मेष : दिन सामान्य छ । विवादमा फस्ने जोखिम छ। सञ्चित धन खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। एकल भन्दा सहकर्मीसँगको सहकार्यमा अगाडि बढेमा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। मन खुशी हुनेछ। आगामी दिनका लागि योजना बन्नेछ। वैदेशिक रोजगारी र व्यापारमा नाफा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा खर्च बढ्नेछ। शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

मिथुन : आम्दानीका दृष्टिले दिन राम्रो छ। अरुको परोपकार गर्दा आफ्नो काम ओझेलमा पर्नेछन्। धार्मिक कार्यमा मन जानेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। व्यापारमा नाफा हुनेछ ।

कर्कट : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। परिवारको साथमा रमाइलो गरेर दिन बित्नेछ। स्वास्थ्यमा सुधार हुँदा शरीरमा फुर्ती बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। श्रमको फल मिल्नेछ ।

सिंह : आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। साथीले असहयोग गर्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन सामान्य छ । मन अशान्त बन्नेछ। श्रम तपाईंले गरे पनि फाइदा लिने अरुनै हुने छन्। स्वास्थ्यमा सुधारको योग छ। विपक्षी साथी सक्रिय रहेकाले सचेत भएर हिँड्नुपर्ने दिन छ।

तुला : दिन राम्रो छ। आफन्तको भन्दा विपक्षीको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमको मुल्याङ्कन हुने दिन छ। परिवारको सहयोग लिएर अगाडि बढेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : शुभ खबरले मन प्रशन्न हुनेछ । शिक्षाको लगानीबाट फाइदा हुनेछ। मिहिनेतको फल प्राप्त गर्न धैर्य बन्नुपर्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

धनु : धन लाभ हुने योग छ । लगानीका क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। हरेक काममा साथीको साथ मिल्नेछ ।

मकर : अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने समय आएको छ। स्वास्थ्यमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। मिहिनेतको फल मिल्नेछ । परीक्षा लेखेको भए फल मिल्नेछ ।

कुम्भ : बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। मन अशान्त बन्ने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

मीन : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। नयाँ कुराको सुरुवात हुनेछ।  आर्थिक क्षेत्रमा सुधार हुनेछ । महत्त्वपूर्ण काम बन्नेछ। परिवारको साथमा घुमघामको तय हुनेछ। उत्तरको यात्रा नगर्नु उचित हुन्छ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ५ : १३ बजे

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण