विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी « Khabarhub

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक अमेरिकाले आफ्ना समर्थकका लागि छुट्याइएको समूह चरणका खेलहरूको टिकट कोटा रद्द गरिदिएको आरोप लगाएको छ । दुई देशबीच चर्किएको कूटनीतिक विवादकै बिच अमेरिकाले इरानी समर्थकलाई रङ्गशाला प्रवेशमा अवरोध पुर्‍याउन यस्तो कदम चालेको इरानको दाबी छ ।

मङ्गलवार एक विज्ञप्ति जारी गर्दै इरानी फुटबल महासङ्घले भनेको छ, “सन् २०२६ को विश्वकप सुरु हुन तीन दिनभन्दा कम समय बाँकी छँदा अमेरिकाले राष्ट्रिय टोलीको समूह चरणका तीनवटै खेल हुने रङ्गशालामा इरानी समर्थकहरूको उपस्थिति रोक्न पुनः अवरोध खडा गरेको छ ।”

गएको फागुन १६ मा भएको आक्रमणपछि दुवै देशबिच युद्धको जस्तै स्थिति सिर्जना भएको छ । यसै छायाका बिच अमेरिकाले इरानका लागि विभिन्न प्रशासनिक व्यवधान खडा गरेको र केही सहयोगी कर्मचारीलाई समेत भिसा दिन अस्वीकार गरेको महासङ्घले जनाएको छ ।

इरानी फुटबल निकायका अनुसार फिफाको नियमबमोजिम प्रत्येक खेलका कुल टिकटमध्ये ८ प्रतिशत कोटा सहभागी टोलीका महासङ्घलाई उपलब्ध गराउनुपर्छ, जसलाई आधिकारिक च्यानलमार्फत समर्थकहरूलाई वितरण गरिन्छ ।

इरानले आफ्नो कोटा पाएपछि अमेरिकामा हुने न्युजिल्यान्ड, बेल्जियम र इजिप्टविरुद्धको समूह चरणका खेलहरूका लागि टिकट बिक्री समेत सुरु गरिसकेको थियो । कतिपय प्रशंसकले खेल हेर्नका लागि आवश्यक तयारी पनि पुरा गरिसकेका थिए ।

“अप्रत्याशित रूपमा इरानी फुटबल महासङ्घलाई दिइएको कोटा फिर्ता लिइएको छ र वर्तमान परिस्थितिमा महासङ्घले राष्ट्रिय टोलीका समर्थकहरूलाई एउटै पनि टिकट उपलब्ध गराउन नसक्ने अवस्था बनेको छ,” विज्ञप्तिमा भनिएको छ । इरानले अमेरिकाको यस कदमलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको भावना र सहभागी देशबिचको समानताको सिद्धान्त विपरीत भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ६ : ५७ बजे

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि