थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो « Khabarhub

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग ५६ रनले पराजित भएसँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ । बुधबार बिहान भएको खेलमा पराजय भोग्दै नेपाली टोली प्रतियोगिताबाटै बाहिरिएको हो ।

वायुमास ओभलमा थाइल्यान्डले प्रस्तुत गरेको १३१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ प्रदर्शन गर्‍यो । नेपालले पूरै २० ओभर खेले पनि ७ विकेट गुमाएर मात्र ७४ रन बनाउन सक्यो । नेपालका लागि पूर्वकप्तान रुबिना क्षेत्रीले सर्वाधिक २० रनको अविजित इनिङ्स खेलिन् । त्यस्तै सोनी पाख्रिनले १५, सीता रानामगरले १२ र सम्झना खड्काले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न थाइल्यान्डकी किफायती बलिङ गरेकी थिपात्चा पुथावङले ४ ओभरमा मात्र ७ रन खर्चेर २ विकेट लिइन् । सुनिदा चतुरोङरतना र सुलिपर्न लाओमीले पनि समान २-२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३० रनको बलियो योगफल खडा गरेको थियो । उसका लागि प्रारम्भिक ब्याटर नानापत कोन्चारोन्काइले सम्हालिएको ब्याटिङ गर्दै ५१ बलमा ६३ रनको अविजित अर्धशतकीय पारी खेलिन् । त्यस्तै फनिता मायाले २६ र चनिदा सुथिराङले १६ रनको योगदान दिए । नेपालका तर्फबाट कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले १–१ विकेट लिए ।

नेपाली महिला क्रिकेट टोलीका लागि महत्त्वपूर्ण अवसरमा चुकेको यो लगातार दोस्रो पटक हो । यसअघि गत साता भएको एसियन गेम्सको छनोट अन्तर्गतको निर्णायक खेलमा पनि नेपाली टोली चीनसँग पराजित हुँदै एसियन गेम्सको यात्रा तय गर्न असफल भएको थियो ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  १० : ४५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)