हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति « Khabarhub

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका १ मा २० वटा भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । 

बगुवनमा १५ वटा घरको छाना उडाएको र घर भित्र रहेको अन्न र लत्ताकपडा भिजाउँदा समस्या परेको स्थानीय बुद्ध राज विश्वकर्माले बताए । 

यसै गरेर बगुवनमा रहेको आधारभूत विद्यालयको खानेपानीको ट्यान्की हावाले ढलाएको र बिजुली बत्ती नहुँदा समस्यामा परेको गुनासो गरे ।

पालिकाको बगुवनमा १५ , सिसेनी गाउँमा ५ घर र अन्य स्थानमा पनि हावाहुरीले घरको छाना उडाएको वडा अध्यक्ष दिपक पौडेलले बताए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  १ : ३३ बजे

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ : परराष्ट्र सचिव राई

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित