प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिबारे परराष्ट्रमन्त्री खनालले सदनमा दिए स्पष्टीकरण « Khabarhub

प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिबारे परराष्ट्रमन्त्री खनालले सदनमा दिए स्पष्टीकरण


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले हालै दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्रीको भनाइ मुख्यगरी केही स्थानमा देखिएको क्रसबोर्डर अकुपेसन र दशगजा क्षेत्र अतिक्रमणको विषयसँग सम्बन्धित रहेको स्पष्ट पारे।

नेपाल र भारतबीचको सीमा विवादमा तेस्रो पक्षको संलग्नताबारे उठ्ने गरेका प्रश्नहरूमाथि प्रस्ट पार्दै मन्त्री खनालले सुगौली सन्धिको ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा तेस्रो मुलुकको विषय जोडिएको जस्तो देखिए पनि नेपाल आफ्नो मामिलामा आफैं सक्षम रहेको बताए।

उनले नेपालले सीमा समस्या समाधानका लागि कुनै पनि तेस्रो मुलुकको मध्यस्थता नखोजेको र दुई देशबीचकै संवादबाट यसलाई टुङ्ग्याउनुपर्ने पक्षमा रहेको दृढता व्यक्त गरे। यसैगरी, प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर भइरहेका विभिन्न चर्चा परिचर्चाका बीच मन्त्री खनालले जमिनको व्यावहारिक उपभोगका क्रममा स्थानीय स्तरमा केही तलमाथि भएको हुनसक्ने तर्फ मात्र प्रधानमन्त्रीले संकेत गर्न खोजेको प्रस्ट्याए।

स्थानीय जनताले भोगचलन गर्दै आउँदा सीमा क्षेत्रमा केही जमिन यताउता भएको हुनसक्छ भन्ने आशयका साथ प्रधानमन्त्रीबाट उक्त अभिव्यक्ति आएको भन्दै उनले यस विषयलाई राष्ट्रिय हित र संवेदनशीलताका साथ बुझ्न आग्रह गरे।

उनले सीमा विवादका विषय कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सरकार तत्पर रहेको समेत सदनलाई जानकारी गराएका छन् । खनालले अगाडि भने, ‘एक देशका नागरिकले अर्को देशको जग्गामा खेतीपाती र बसोबास गरिरहेको अवस्थालाई उहाँले इङ्गित गर्नुभएको हो । यसको समाधानका लागि नेपाल इन्डिया बाउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रले म्यापिङको काम गरिरहेका छन् ।’

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ३ : ५३ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट