चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत नलगिने « Khabarhub

चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत नलगिने


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई चिकित्सकको सल्लाहअनुसार तत्काल थप उपचारका लागि भारत नपठाउने निर्णय गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार प्रारम्भिक चिकित्सकीय सिफारिसका आधारमा नेपालीलाई भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा लैजाने सम्पूर्ण तयारी पूरा गरिएको थियो।

त्यसका लागि सरकारले एयर एम्बुलेन्सको व्यवस्था गरेको थियो भने उपचारको सम्पूर्ण खर्च पनि सरकारी कोषबाट व्यहोर्ने निर्णय गरिसकेको थियो। गृहमन्त्री सुदन गुरुङ पनि उद्धार तथा उपचार व्यवस्थापनमा निरन्तर सक्रिय रहेको जनाइएको छ।

तर हाल वीर अस्पतालको बर्न आईसीयुमा भेन्टिलेटरमा उपचाररत नेपालीलाई यस अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा थप जोखिम हुने चिकित्सकहरूको निष्कर्षपछि तत्काल भारत नलैजाने निर्णय गरिएको हो।

चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै थप उपचारका लागि भारत लैजान उपयुक्त हुने सुझाव दिएका छन्।

गृहमन्त्री गुरुङ तथा प्रधानमन्त्री शाहको सचिवालयका सदस्यहरू उपचार व्यवस्थापनका लागि गएरातिदेखि वीर अस्पतालमा तयारी अवस्थामा खटिइरहेका छन्।

बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

उनको उपचार वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा भइरहेको छ। उपचार टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट डा. जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष टोली संलग्न रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ७ : ४३ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच