बाल मन्दिर ठगी प्रकरण: सीआईबीद्वारा तत्कालीन शाखा प्रमुखसहित तीन जना पक्राउ « Khabarhub

बाल मन्दिर ठगी प्रकरण: सीआईबीद्वारा तत्कालीन शाखा प्रमुखसहित तीन जना पक्राउ


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको ठगी सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बाल मन्दिरबाट अनियमित रूपमा रकम लिई ठगी गरेको मुद्दाको अनुसन्धानका क्रममा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उच्च स्तरीय जाँचबुझ आयोगको प्रतिवेदन, २०७७ र प्रहरी प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर ब्यूरोले उनीहरूलाई असार २४ गते पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा बाल मन्दिर नक्सालकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, नेपाल बाल संगठन जिल्ला कार्यसमिति ललितपुरका तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य र जिल्ला कार्यसमिति काठमाडौंका तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जवराका अनुसार पक्राउ परेका तीनै जनामाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य जारी राखिएको छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ८ : ०० बजे

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)