इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा « Khabarhub

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल टोलीको जर्सी अभाव भएको छ । शनिबार हुने खेलअघि आधिकारिक बिक्रेतासँग नर्वेको जर्सी पूर्ण रूपमा ‘सोलड आउट’ भएको हो ।

नर्वेजियन फुटबल एसोसिएसन (एनएफएफ) ले जर्सीको मागलाई कम आकलन गर्दा यो समस्या आएको स्वीकारेको छ । गत मार्चमा बजारमा आएदेखि नै नाइकी लगायतका आउटलेटमा यो जर्सी निरन्तर अभाव रहँदै आएको थियो । स्टार स्ट्राइकर एर्लिङ हालान्ड जस्ता खेलाडीको बढ्दो क्रेज र विश्वकपमा नर्वेले ब्राजिललाई पराजित गरेपछि जर्सीको माग अत्यधिक बढेको हो । बजारमा नयाँ स्टक आउनासाथ पसलमा समर्थकको ओइरो लाग्ने गरेको छ भने कतिपय प्रशंसक जर्सी किन्न रातभर पाल टाँगेर बस्ने गरेका छन् ।

एनएफएफका व्यावसायिक निर्देशक रुनार पार आन्द्रेसेनका अनुसार यस वर्ष जर्सीको माग पूर्वानुमानभन्दा निकै बढी र कीर्तिमानी स्तरमा छ । गत वर्षको यसै अवधिमा करिब ५० हजार जर्सी अर्डर गरिएकोमा यस वर्ष बिक्रेताले करिब २ लाख ५० हजार जर्सी अर्डर गरेका थिए ।

ओस्लोस्थित तोर्शोभ स्पोर्ट्सले जर्सीको नयाँ स्टक प्राप्त गरेपछि बुधबार पसल खुल्नुअघि नै समर्थकको ६ सय मिटर लामो लाइन लागेको थियो । कतिपय समर्थकहरू कुर्सी लिएरै १२ घण्टासम्म लाइनमा बसेका थिए ।

स्टोरले अब अर्को स्टकका लागि नाम दर्ता सुरु गरे पनि शनिबारको खेलअघि जर्सी उपलब्ध गराउन सक्ने ग्यारेन्टी दिएको छैन।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ९ : २८ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक