पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण « Khabarhub

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा वनमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले जिल्लाका पाँचवटा सामुदायिक वनमा पोखरी निर्माण गरिएका छन्। 

डिभिजन वन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा रहेका पाँच सामुदायिक वनमा पोखरी निर्माण गरेको हो । डिभिजन वन कार्यालयको आर्थिक वर्ष २०८२-०८३ को वार्षिक कार्यक्रमअन्तर्गत जिल्लाका पाँच सामुदायिक वनमा पोखरी निर्माणको काम सम्पन्न गरिएको कार्यालय प्रमुख हेमलाल न्यौपानेले जानकारी दिए । 

प्रतिपोखरी निर्माणका लागि कार्यालयले रु एक लाख रुपैया सहयोग गरको छ भने स्थानीय उपभोक्ताहरुले श्रमदान समेत गरेको उनले बताए। जिल्लाको उत्तरी भेगमा पर्ने जलजला गाउँपालिका–५ मा रहेको गिद्धेश्वर सामुदायिक वन, दक्षिणी भेगमा रहेको महाशिला गाउँपालिका–५ स्थित भोर्लेडाँडा भिरलीचौर सामुदायिक वन, मोदी गाउँपालिका–४ को जस्मे केदारे सामुदायिक वन, पैयुँ गाउँपालिका–७ स्थित दाङसिङ पाखो सामुदायिक वन र कुश्मा नगरपालिका–१ पाङको धैरेनी कुनाचौर सामुदायिक वनमा पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ । 

गिद्धेश्वर सामुदायिक वन उपभोक्ता समिति जलजलाका अध्यक्ष लालबहादुर पौडेलले पोखरीमा रहेको पानी जङ्गलका जीवजन्तु र चराचुरुङ्गीलाई पिउनका साथै जङ्गलमुनि रहेको खेतबारीमा सिँचाइ गर्न उपयोगी भएको जानकारी दिए। 

अध्यक्ष पौडेलका अनुसार स्थानीयबासीको श्रमदान र कार्यालयको दिएको रु एक लाख रकमबाट स्थानीय गाउँकै माटो र ढुङ्गाको प्रयोग गरी पोखरी निर्माण गरिएको हो । पोखरीको पानी जङ्गली जनावर, चरी बाघ, मृग, कालिज, खरायोलगायतका जङ्गली जनावरलाई पानी पिउन सहज हुने उनको भनाइ छ । 

त्यसैगरी वन क्षेत्रमा वर्षायामको पानी सङ्कलन गरी सुक्खा मौसममा वन्यजन्तुलाई पानी उपलब्ध गराउने, वनभित्रको वातावरणीय सन्तुलन कायम राख्ने तथा डढेलो नियन्त्रणमा सहयोग पुग्ने अपेक्षाका साथ पोखरी निर्माण गरिएको हो । 

सहायक वन अधिकृत भुवन थापाका अनुसार पोखरी निर्माणसँगै वन संरक्षणमा स्थानीय समुदायको सहभागिता अझ प्रभावकारी हुने विश्वास गरिएको छ । वन क्षेत्रको जलस्रोत संरक्षण, हरियाली प्रवर्द्धन तथा वन्यजन्तुको बासस्थान संरक्षणमा पनि पोखरी निर्माणले सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

पोखरी निर्माणपछि वन्यजन्तुलाई वर्षभरि पानीको सहज पहुँच हुने र वन क्षेत्रको पर्यावरणीय संरक्षण थप टेवा पुग्ने डिभिजन वन कार्यालयले जनाएको छ । यसअघि गत आर्थिक वर्षमा पनि जिल्लाका दुई बनमा पोखरी निर्माण गरिएको थियो ।
 

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १० : १८ बजे

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको