ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र « Khabarhub

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८३६ जना नेपालीको उद्धार गरिएको छ ।  

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले हालसम्म दक्षिण–पूर्व एसियाका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका ८३६ जना नेपालीको उद्धार गरिएको जानकारी दिएका हुन् । 

हालसम्म कम्बोडियाबाट ७०९, म्यानमारबाट ११३, लाओसबाट ८ र थाइल्याण्डबाट ६ जना नेपालीको उद्धार गरिएको उनले बताए । 

उनले कम्बोडिया सरकारले भिसा अवधिभन्दा बढी बसेका नेपालीहरूको भिसा शुल्क र जरिवाना मिनाहा गर्दै आएको र ६०२ जना नेपालीको जरिवाना र शुल्क मिनाहा गरिदिएको उल्लेख गरे । 

उनले कम्बोडियाबाट नेपाल फर्कन अनिच्छुक रहेका नेपालीका आफन्तहरूलाई उनीहरूलाई अनिवार्य रूपमा नेपाल फर्कनका लागि पहल गरिदिन विशेष आह्वान गरिएको बताए । 

साथै प्रवक्ता पौडेलले आर्थिक कूटनीति सम्बन्धी कार्यक्रमहरू सरकारको प्राथमिकताको महत्त्वपूर्ण पिलरको रूपमा रहेको उल्लेख गर्दै नेपाल सरकार ’एक चीन नीति’ प्रति दृढ र प्रतिबद्ध रहेको धारणा राखे । 

त्यस्तै उनले नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरीत प्रयोग हुन नदिने स्थापित नीतिमा अडिग रहेको स्पष्ट पारे । 

विभिन्न देशहरूमा राजदूत नियुक्तिको विषय हाल प्रक्रियामै रहेको र यसमा हुने प्रगतिबारे आगामी दिनमा जानकारी गराउने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ४ : ३५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको