विश्वकप क्वार्टरफाइनलमा स्पेन र बेल्जियम भिड्दै, कसले मार्ला बाजी ? « Khabarhub

विश्वकप क्वार्टरफाइनलमा स्पेन र बेल्जियम भिड्दै, कसले मार्ला बाजी ?


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०१० मा ट्रफी उचालेपछि विश्वकप मैदानमा खराब प्रदर्शन गर्दै आएको स्पेन १६ वर्षपछि क्वार्टरफाइनल खेल्दै छ । सह-आयोजक अमेरिकालाई हराउँदै क्वार्टरफाइनलमा आएको बेल्जियम क्वाटरफाइनलमा स्पेनलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।

तर, स्पेन कमजोर टोली पक्कै होइन । स्पेन पछिल्लो समय फर्ममा छ । यो विश्वकपमा विपक्षी टोलीले स्पेनको रक्षापङ्क्ति पार गर्न सकेका छैनन् । अर्थात्, टोलीले गोल खाएको छैन । यो विश्वकपको रेकर्ड पनि हो ।

पोर्चुगल जस्ता टोलीलाई हराएर स्पेनले आफूलाई एट्याकमा पनि बलियो देखाएको छ । बलियो रक्षापङ्क्ति र उत्कृष्ट बल पोजेसनका कारण यस प्रतियोगितामा स्पेनलाई उपाधिको मुख्य दाबेदारका रूपमा हेरिएको छ ।

कस्ता छन् टोली ?

समूह ‘एच’ को विजेता बन्दै स्पेनले नकआउट चरणमा प्रवेश गरेको थियो । समूह चरणमा साउदी अरेबिया र उरुग्वेलाई पराजित गरेको स्पेनले केप भर्डेसँग बराबरी खेलेको थियो ।

राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३-० ले र राउन्ड अफ १६ मा पोर्चुगललाई १-० ले हराउँदै स्पेन क्वार्टरफाइनलमा पुगेको हो ।
प्रशिक्षक लुइस डे ला फुएन्टेको नेतृत्वमा रहेको स्पेन विगत ३५ खेलदेखि अपराजित छ।

समूह ‘जी’ को विजेता बन्न बेल्जियमले न्युजिल्याण्डलाई हराएको थियो भने इरान र इजिप्टसँग बराबरी खेलेको थियो । अन्तिम ३२ को खेलमा अमेरिकालाई ४-१ ले हराएको थियो ।

राउन्ड अफ १६ मा सेनेगललाई ३-२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

फिफा वरीयतामा स्पेन तेस्रो र बेल्जियम आठौँ स्थानमा रहेका छन् । वरीयतामा कमजोर देखिए पनि बेल्जियमका गोल किप्पर थिबाउट कोर्तवा भन्छन्, ‘हाम्रो टोलीका सबै खेलाडीलाई जित सम्भव छ भन्ने लागेको छ। हामी झन् झन् राम्रो हुँदै गइरहेका छौँ र आत्मविश्वास उच्च छ ।’

बेल्जियमका लागि रोमेलु लुकाकुले यस प्रतियोगितामा सर्वाधिक ३ गोल गरिसकेका छन् । उनी फर्ममा छन् । अर्कोतर्फ, स्पेनका १८ वर्षीय युवा विङ्गर लामिन यामल र मिकेल ओयारजाबलको जोडी बेल्जियमका लागि घातक बन्न सक्छ ।

आजको खेलको विजेताले मंगलबार टेक्सासको डलासमा हुने सेमिफाइनल खेलमा फ्रान्सको सामना गर्नेछ। फ्रान्सले बिहीबार भएको खेलमा मोरक्कोलाई २-० ले हराउँदै यसअघि नै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ ।

विश्वकपमा स्पेन र बेल्जियम दुई पटक भेट भएका छन् । दुवैले एक-एक जित निकालेका छन् । सन् १९८६ को विश्वकपको क्वाटरफाइलमा स्पेनलाई पेनाल्टी सुट आउटमा बेल्जियमले हराएको थियो ।

१९९० को समूह चरणको खेलमा बेल्जियमले स्पेनसँग २-१ को हार भेटेको थियो । स्पेनले अहिलेसम्म सन् १९५० र २०१० गरी दुई पटक मात्रै क्वाटर फाइनल खेलेको छ । २०१० मा भने च्याम्पियन नै बन्यो ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ७ : ५७ बजे

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका