गणेश नेपालीको निधनप्रति यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा दुःख व्यक्त « Khabarhub

गणेश नेपालीको निधनप्रति यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा दुःख व्यक्त


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पठाओ चालक गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आज शोक विज्ञप्ति जारी गरी शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा नेपालीको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरे ।

महासङ्घले सार्वजनिक यातायात क्षेत्रमा विद्यमान कानुन, ऐन, नियमावली परिवर्तन नगरी अत्यधिक बिमा प्रिमियम, दायित्व र जरिवाना वृद्धि गर्ने गरी प्रकाशित सूचनाले यातायात क्षेत्रलाई आक्रान्त बनाएको र सोही कारणले यस्ता घटना घटेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घले मृतक नेपालीका परिवारलाई उचित क्षतिपूर्ति र निष्पक्ष छानबिनको मागसमेत गरेको छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ८ : ५५ बजे

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली