५० प्रतिशत अनुदानमा मुर्रा क्रस भैँसी वितरण « Khabarhub

५० प्रतिशत अनुदानमा मुर्रा क्रस भैँसी वितरण


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सर्लाही – व्यावसायिक पशुपालनमा प्रोत्साहन तथा दूध र मासु उत्पादनको उद्देश्यसहित सर्लाहीको हरिवनमा मुर्रा क्रस भैँसी वितरण गरिएको छ ।

आज हरिवन नगरपालिकामा आयोजित कार्यक्रममा किसानलाई २३ वटा उन्नत जातको भैँसी वितरण गरिएको नगरपालिका पशु सेवा केन्द्रका डा महेशकुमार श्रेष्ठले जानकारी दिए । भैँसीले दैनिक १० लिटर बढी दूध दिने उनको भनाइ छ ।

कूल रु ४२ लाख लगानीमध्ये नगरपालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराइएको नगर उपप्रमुख हरिमाया घलानले बताए । नगरपालिकाले २२ वटा भैँसी स्थानीय व्यवसायीक फार्मलाई र एउटा सहकारी संस्थालाई प्रदान गरिएको नगरका सूचना अधिकारी लेखा अधिकृत प्रतीक कार्कीले बताए ।

पालिकाले स्थानीयस्तरमा नागरिकलाई स्वरोजगार र व्यावसायिक बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको नगरप्रमुख कमल बुडाथोकी (रमेश)को भनाइ छ । हरिवन नगरपालिका–५ का श्री राम पशु फर्म सञ्चालक राम पुनीत महतोले पशुपालन खर्चिलो बन्दै गएअनुसार आम्दानी नहुँदा किसानहरू मर्कामा रहको बताए ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ९ : ०३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले