भैँसी पालेर वार्षिक १८ लाख कमाउँदै सीताराम « Khabarhub

भैँसी पालेर वार्षिक १८ लाख कमाउँदै सीताराम


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इलाम – तीन वटा भैँसी गुमाएपछि पनि सपना गुमेन । ‘भटाभट भैँसी मरेपछि एकमनले विदेश जाउँ की जस्तो लाग्यो, फाकफोकथुम गाउँपालिका ७ का सीताराम भण्डारीले भने, ‘आगोको घाउ आगोले निको हुन्छ भन्ने लागेर आँट गरेँ । अहिले चार माउ भैँसी र एक माउ गाईबाट दैनिक ७० लिटर दूध उत्पादन हुन्छ । वार्षिक रु १८ लाख आम्दानी गरिरहेको छु ।’

सीतारामले भैँसी फार्म दर्ता गरेको चार वर्ष हुँदैछ । उनी बिक्री भने गर्दैनन् । ‘करिब ७० लिटर दूधको दैनिक सात किलो क्रिम हुन्छ । डकच्यू छूर्पी उत्पादन गरेर अमेरिका पठाउछु । भैँसी थपेर दिनको २०० लिटर दूध बनाएपछि आफैँ छूर्पी बनाउने र अमेरिका निर्यात गर्ने लक्ष्य छ’, सीतारामले भने ।

पशुपालनबाट मनग्य आम्दानी हुन थालेपछि विदेशमा रहेका दाजुलाई उनले गाउँ फर्काएर आफ्नै व्यवसायमा संलग्न गराएका छन् । ‘विदेशमा रु ३० हजार कमाउनुभन्दा यहीँ पशुपालन गरेर रु एक लाखसम्म आम्दानी हुन थालेपछि दाजुलाई पनि गाउँ फर्काएँ’, उनले भने ।

भैँसी पालन उहाँको परिवारको पुख्र्यौली पेसा भएपनि उन्नत जातका भैँसी थिएनन् । खेतीयोग्य जग्गा पनि सीमित थियो । अझ व्यवसाय सञ्चालनका क्रममा तीन वटा भैँसी मरेपछि ठूलो आर्थिक र मानसिक पीडा बेहोर्नुपरेको थियो । ‘जग्गा नहुँदा अर्कालाई मल बनाइदिने सर्तमा भैँसी बाँधेर पनि पाल्यौँ । तर, यिनै भैँसीले जग्गा जोडिएको छ’, उनले भने, ‘अफ्ठयारो पर्दा रु १०(१५ लाख चाहिँदा अरुसँग हात फैलाउनु पर्दैन ।

फार्मले अहिले स्थानीयस्तरमै रोजगारी सिर्जना गरेको सीतारामले बताए । उनका अनुसार मासिक रूपमा सात जनाले फार्ममा रोजगारी पाइरहेका छन् । ‘खेतबारीको कुनै जमिन बाँझो छैन । पशुका लागि आवश्यक घाँस आफ्नै बारीमा उत्पादन गरिन्छ’, उनले भने ।

उनको रहरलाग्दो भैँसीपालन देखेर गाउँका युवापुस्ता लोभिएका छन् । फाकफोकथुमका अविनास भण्डारी विदेशको सपना त्यागेर गाउँमा व्यवसायिक पशुपालन गर्ने सोचमा छन् । सीतारामका दुवै दाजुभाईको अहिले गाउँमै मनग्य आम्दानी भइरहेको छ । बिहान उठेदेखि रातीसम्म भैँसीको स्याहार गर्छन । ‘गरे देशमा हुने रहेछ । मैले विदेश जाने प्रक्रिया रद्द गरेँ । पशुपालनमार्फ स्वरोजगार बन्दै गाउँमै बस्ने योजना छ’, सीतारामले भने ।

फाकफोकथुम गाउँपालिकाका अधिकांश नागरिक कृषक छन् । गाई, भैँसी, बाख्रा, कुखुरा पालनलाई व्यवसायिक बनाएर आर्थिक उपार्जन गररहेका गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालले बताए । ‘दूध उत्पादन वृद्धि गर्ने गाउँपालिकाको लक्ष्य छ’, उनले भने, ‘दिनहुँ ३१ हजार लिटर दूध उत्पादन हुन्छ । एक लाख लिटर पुर्‍याउने लक्ष्य हो । किसानलाई विभिन्न कार्यक्रममार्फत अनुदान र सहुलियतमा जोडिरहेका छौँ ।’

सीताराम पालिकाका प्रेरणादायी युवा रहेको उपाध्यक्ष कल्पना राईले बताए । गाउँपालिकाले कोशी प्रदेश सरकार र दायित्व संस्थासँगको साझेदारीमा वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत उत्कृष्ट उद्यमी छानेर तालिम र अनुदान दिइरहेको छ । सीताराले व्यावसायिक योजना निर्माण, गोठ व्यवस्थापनलगायत विषयमा तालिम पाएको उल्लेख गरे । ‘लिमले योजना बनाउन सिकायो, ५० प्रतिशत अनुदानमा छूर्पी बनाउने उपकरण पाएको छु, प्रोत्साहन मिलेको छ’, उनले भने ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ९ : ३२ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग