आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने « Khabarhub

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

घटना हुनुअघि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीसँग नेपालीको भनाभन परेको थियो ।

काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पार्किङ गरेको विषयमा महानगर प्रहरीसँग नेपालीको भनाभन परेको थियो । महानगर प्रहरीले उनको बाइकमा ह्वील लक लगाएको थियो । त्यसको केही समयपछि सोही बाइकको पेट्रोल झिकेर उनले आफैँलाई आगो लगाएका थिए ।

यसबारे महानगरले सरकारले बनाउने छानबिन समितिलाई सहयोग गर्ने पनि बताएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले जारी विज्ञप्तिमा उल्लेख छ, ‘दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौं महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिनेछ ।

यस्तो छ महानगरको विज्ञप्ति

मिति २०८३–०३–२५ गते राहदानी विभाग अगाडि मुगु जिल्ला घर भई हाल भक्तपुर वस्ने गणेश नेपालीले आत्मदाहको प्रयास गरेको र आज उहाँको उपचारका क्रममा भएको दुःखद निधनप्रति काठमाडौँ महानगरपालिका स्तब्ध भएको छ । यस घटनाप्रति काठमाडौं महानगरपालिका गहिरो दुःख व्यक्त गर्दछ । यस घडीमा शोकसन्तप्त परिवारप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं ।

यस घटनाको निष्पक्ष छानविन गर्न नेपाल सरकार, गृह मन्त्रालयले छानविन समिति गठन गर्ने निर्णय गरेको भन्ने जानकारी सञ्चारमाध्यम मार्फत् प्राप्त हुन आएको छ । उक्त समितिको तथ्यगत छानविनमा काठमाडौं महानगरपालिकाले पूर्णरुपमा सहयोग गर्नेछ । छानविनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदमहरु चाल्नेछ । महानगरपालिका नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय पहिचान गर्न, यस्ता घटना दोहोरिन नदिन र असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजान तयार छ । यस संवेदनशील अवस्थामा संयमित रहन र धैर्य धारण गर्न हामी सबैमा हार्दिक अपिल गर्दछौं ।

दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौं महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकवाट निर्णय गरिनेछ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १० : १८ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा