रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’ « Khabarhub

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान पारस खड्काले राष्ट्रिय टोलीका निवर्तमान कप्तान रोहित पौडेलको नेतृत्व क्षमता र योगदानको उच्च प्रशंसा गरेका छन्।

रोहितको कप्तानी यात्रालाई लिएर सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै पारसले सिंगो देशको आशालाई आत्मसात् गर्दै गर्व, अदम्य साहस र दृढ संकल्पका साथ टोलीको नेतृत्व गरेकोमा धन्यवाद व्यक्त गरेका हुन्।

“अत्यन्तै चुनौतीपूर्ण समयमा पनि तिमीले टोलीलाई अभूतपूर्व उचाइमा पुर्‍यायौँ,” पारसले लेखेका छन्, “मैदानभित्र र बाहिर एक सिङ्गो पुस्तालाई प्रेरित गर्न तिमी सफल भएका छौँ।”

पारसले कप्तानका रूपमा रोहितले हासिल गरेका उपलब्धि, उनको उत्कृष्ट नेतृत्व र उनले छाडेको विरासतप्रति आफूलाई गर्व लागेको बताएका छन्। साथै, कप्तानको जिम्मेवारीबाट अलग भए पनि नेपाली क्रिकेटलाई रोहितको योगदानको निरन्तर आवश्यकता रहने र उनले आगामी दिनमा पनि त्यसरी नै देशको नाम उच्च राख्ने विश्वास पारसले व्यक्त गरेका छन्।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ९ : १६ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण