भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु (तस्बिरहरू) « Khabarhub

भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु (तस्बिरहरू)



काठमाडौं- काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘नाइमा मोबिलिटी एक्स्पो–२०२६’ सुरु भएको छ । एक्सपोमा विभिन्न ब्राण्डका नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिनुका साथै बिक्री तथा बुकिङका लागि स्टल राखिएका छन् ।

साउन ३१ गतेसम्म सञ्चालन हुने एक्सपोमा स्कुटर, कारदेखि बससम्मका विभिन्न प्रकारका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । सहभागी कम्पनीहरूले आफ्ना नयाँ तथा आकर्षक मोडलका सवारीसाधन प्रदर्शनीमा राखेका छन् ।

एक्सपोमा सवारीसाधनका नयाँ प्रविधि, विशेषता तथा सुविधाबारे जानकारी लिन सकिने आयोजकले जनाएको छ । साथै, ग्राहकले आफूलाई आवश्यक सवारीसाधन अवलोकन गरी खरिद तथा बुकिङ गर्न सक्ने व्यवस्था गरिएको छ ।

एक्सपोले नेपाली अटोमोबाइल बजारमा भित्रिएका नयाँ प्रविधि र सवारीसाधनबारे उपभोक्तालाई प्रत्यक्ष जानकारी दिने तथा व्यवसायी र ग्राहकबीचको सम्बन्ध विस्तार गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  २ : ११ बजे

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ