भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु (तस्बिरहरू) « Khabarhub

भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु (तस्बिरहरू)



काठमाडौं- काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘नाइमा मोबिलिटी एक्स्पो–२०२६’ सुरु भएको छ । एक्सपोमा विभिन्न ब्राण्डका नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिनुका साथै बिक्री तथा बुकिङका लागि स्टल राखिएका छन् ।

साउन ३१ गतेसम्म सञ्चालन हुने एक्सपोमा स्कुटर, कारदेखि बससम्मका विभिन्न प्रकारका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । सहभागी कम्पनीहरूले आफ्ना नयाँ तथा आकर्षक मोडलका सवारीसाधन प्रदर्शनीमा राखेका छन् ।

एक्सपोमा सवारीसाधनका नयाँ प्रविधि, विशेषता तथा सुविधाबारे जानकारी लिन सकिने आयोजकले जनाएको छ । साथै, ग्राहकले आफूलाई आवश्यक सवारीसाधन अवलोकन गरी खरिद तथा बुकिङ गर्न सक्ने व्यवस्था गरिएको छ ।

एक्सपोले नेपाली अटोमोबाइल बजारमा भित्रिएका नयाँ प्रविधि र सवारीसाधनबारे उपभोक्तालाई प्रत्यक्ष जानकारी दिने तथा व्यवसायी र ग्राहकबीचको सम्बन्ध विस्तार गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  २ : ११ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्