रूसमा युक्रेनी आक्रमण : १३ जनाको मृत्यु, ७५ घाइते « Khabarhub

रूसमा युक्रेनी आक्रमण : १३ जनाको मृत्यु, ७५ घाइते


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

युक्रेनी ड्रोन आक्रमणले निज्नेकामस्क सहरमा दुई वर्षभन्दा लामो समयमा भएको सबैभन्दा घातक आक्रमण भएको बताएको छ । मस्कोबाट करिब एक हजार किलोमिटर पूर्वमा रहेको निज्नेकामस्कस्थित अत्याधुनिक तेल प्रशोधन केन्द्रलाई युक्रेनको सशस्त्र बलले निशाना बनाएको बताइएको छ ।

रूसी अनुसन्धान समितिका अनुसार निज्नेकामस्कमा मृत्यु हुनेहरूमध्ये एक जना बालक रहेको रिपोर्ट गरिएको थियो भने २१ जना घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको यस क्षेत्रको सञ्चार सेवाले जनाएको छ ।

यसैबीच, युक्रेनको सिमानामा रहेको बेलगोरोडको रूसी क्षेत्रमा विगत २४ घण्टामा थप चार जनाको मृत्यु भएको यस क्षेत्रका कार्यवाहक गभर्नर अलेक्जान्डर सुवायेभले पुष्टि गरेका छन् ।  

सामाजिक सञ्जालमार्फत प्रसारण भएका तथा सिएनएनद्वारा सम्पे्रषण गरिएका भिडियो सामाग्रीहरूमा एउटा तेल प्रशोधन केन्द्रको टावरहरू जस्तो देखिने नजिकै सहर बाहिरको क्षेत्रबाट ठूलो आगो लागेको र धुवाँको मुस्लो उठेको देखिएको थियो । के प्रहार गरेर आक्रमण भएको थियो भन्ने बारे भने भिडियोमा स्पष्ट हुन सकेको छैन ।

पछिल्लो समयमा किएभ र मस्को दुवैले एक–अर्का विरुद्ध हवाई तथा ड्रोन आक्रमणलाई तीव्र बनाएका छन् भने प्रत्यक्ष युद्धहरू धेरै हदसम्म स्थिर भएको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कलाई उद्धृत गर्दै सिएनएनले सन् २०२२ अप्रिलपछि युक्रेनी नागरिकहरूका लागि जुलाई सबैभन्दा घातक महिना भएको जनाएको छ । यस वर्षको पहिलो छ महिनामा एक हजार ३९६ जनाको मृत्यु हुनुका साथै सात हजार ९७८ जना घाइते भएका छन् । यो आँकडा सन् २०२४ र २०२५ को तुलनामा वृद्धि भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

युक्रेनको लामो दूरीको ड्रोन प्रणालीमा पछिल्लो समयमा सुधार देखिएकोे छ भने रूसमा विभिन्न पूर्वाधारमा बारम्बार प्रहार गर्ने नयाँ क्षमता प्रदर्शन गरेको छ । आक्रमणमा तेल प्रशोधन केन्द्र, ट्याङ्करहरू, पावर स्टेशनहरू र अन्य ऊर्जा पूर्वाधारका साथै रूसको सबैभन्दा ठूलो अनलाइन रिटेलर, वाइल्डबेरीका गोदामहरू लक्षित गरिएको सिएनएनले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ५ : ०५ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण