नेप्से परिसूचक झिनो अंकले बढ्यो « Khabarhub

नेप्से परिसूचक झिनो अंकले बढ्यो


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ७९ अंकले बढेर दुई हजार ६४१ दशमलव ८५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८५ अंकले बढेर चार सय ६२ दशमलव २२ मा पुगेको छ । 

त्यस्तै फ्लोट सूचक शून्य दशमलव १७ अंकले बढेर १८१ दशमलव ३५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३० अंकले बढेर १५६ दशमलव ४७ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका ९५ लाख ३४ हजार २२१ कित्ता सेयर रु चार अर्ब ११ करोड नौ लाख ७४ हजार ६७४ मूल्यमा खरिद बिक्री भएको छ  । 

आज १३ उपसमूहमध्ये  छ उपसमूह बढ्यो भने सात उपसमूह घट्यो । आज १३४ कम्पनीको सेयर बढ्यो भने १२१ कम्पनीको सेयर घट्यो । त्यसैगरी २० कम्पनीको सेयरस्थिर रह्यो । 

आज अपर लोहारे खोला हाइड्रोपावर,आरबिबि डिबेञ्चर, लक्ष्मी उन्नति कोषका लगानीकर्ताले कमाएका छन् । त्यस्तै गरी महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, प्राइम डिबेञ्चर सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ४ : २१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु