ज्येष्ठ नागरिकको ५० प्रतिशत भाडा छुट कार्यान्वयन गर्न मन्त्रालयको पहल « Khabarhub

ज्येष्ठ नागरिकको ५० प्रतिशत भाडा छुट कार्यान्वयन गर्न मन्त्रालयको पहल


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ज्येष्ठ नागरिकका लागि कानुनमा सुनिश्चित गरिएका सुविधा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। 

ज्येष्ठ नागरिकले पाउने अधिकार र सुविधालाई कागजमै सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्ने उद्देश्यले मन्त्रालयले आवश्यक पहल अघि बढाएको हो।

मन्त्रालयको पहलसँगै सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकका लागि कानुनले व्यवस्था गरेको ५० प्रतिशत भाडा छुट तथा कम्तीमा दुई वटा आरक्षित सिटको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुने अपेक्षा गरिएको छ।

कानुनी व्यवस्था भए पनि व्यवहारमा ज्येष्ठ नागरिकले भाडा छुट तथा आरक्षित सिटको सुविधा सहज रूपमा पाउन नसकेको गुनासो हुँदै आएको छ। यसलाई सम्बोधन गर्दै सम्बन्धित यातायात व्यवसायी, सञ्चालक तथा नियमनकारी निकायलाई कानुनी व्यवस्थाको प्रभावकारी पालना गराउन मन्त्रालयले ध्यानाकर्षण गराएको हो।

मन्त्रालयको पहलले सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहारको वातावरण निर्माण हुनुका साथै उनीहरूले राज्यले सुनिश्चित गरेका सुविधा सहज रूपमा उपभोग गर्न पाउने विश्वास गरिएको छ।

कानुनमा व्यवस्था भएका अधिकारको प्रभावकारी कार्यान्वयनमार्फत ज्येष्ठ नागरिकको सम्मान, सुविधा र सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले अनुगमन तथा आवश्यक समन्वयलाई थप प्रभावकारी बनाउने जनाएको छ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ६ : ५३ बजे

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

काठमाडौं- एनसेलले एनसेल बिजनेस क्लाउड सुइट सेवा सुरु गरेको छ।

के देउवा पक्राउ पर्लान् ?

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलना

वर्षमानको प्रश्न- नेपाल ‘प्याक्स सिलिका’ को साझेदार हो ?

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग