सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको भेट « Khabarhub

सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको भेट


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले आज शिष्टाचार भेट गरेका छन् । 

सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
 
भेटवार्तामा सभामुख अर्यालले सङ्घीय संसद्ले नेपाल–अष्ट्रेलिया संसदीयमैत्री समूह गठन गरेको जानकारी गराउँदै संसदीयमैत्री समूहलाई प्रभावकारी रूपमा परिचालन गरी दुवै देशका सांसदबीच नियमित आदानप्रदान र संस्थागत संलग्नता बढाउनुपर्नेमा जोड दिए । उनले साझा हितका क्षेत्रमा सहकार्य विस्तार तथा पारस्परिक समझदारी अभिवृद्धिका लागि संसदमैत्री समूहले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

सभामुख अर्यालले नेपालको सामाजिक–आर्थिक विकासमा अष्ट्रेलिया सरकारले लामो समयदेखि पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै विशेषगरी अष्ट्रेलिया अवार्ड स्कलरसिप, क्षमता अभिवृद्धि तथा तालिमका अवसरमार्फत नेपालको मानवसंशाधन  विकासमा अष्ट्रेलियाले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरे।

भेटमा जनस्तरीय सम्बन्धलाई दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै सभामुख अर्यालले उच्च शिक्षाका लागि अष्ट्रेलिया नेपाली विद्यार्थीको प्रमुख गन्तव्य रहेको बताए।

साथै, अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे। भेटमा सभामुख अर्यालले राजदूतमार्फत अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकप्रति हार्दिक अभिवादन तथा शुभकामना व्यक्त गरे।

भेटवार्तामा राजदूत साइमन अर्न्स्टले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय तहको सहकार्य तथा जनस्तरीय सम्बन्धको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरेका थिए । उनले नेपाल र अष्ट्रेलियाबीच शिक्षा, मानव संसाधन विकास, संसदीय सहकार्यलगायत क्षेत्रमा हुँदै आएको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्न निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
 

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ६ : ५७ बजे

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

काठमाडौं- एनसेलले एनसेल बिजनेस क्लाउड सुइट सेवा सुरु गरेको छ।

के देउवा पक्राउ पर्लान् ?

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलना

वर्षमानको प्रश्न- नेपाल ‘प्याक्स सिलिका’ को साझेदार हो ?

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग