चौरजहारीका मेयर वादीले पाए सफाइ « Khabarhub

चौरजहारीका मेयर वादीले पाए सफाइ


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प वादीले सफाइ पाएका छन्।

सव इन्जिनियरको करार अवधि थपका लागि एक लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले २०८२ चैतमा उनी र उनलाई घुस दिएको भन्दै उजुरी दिने असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आरोप दाबी पुष्टि नभएको भन्दै विशेष अदालतका न्यायाधीश वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार दुवै जनालाई सफाइ दिएको हो।

विगत ८ वर्षदेखि चौरजहारी नगरपालिकामा करार सेवामा कार्यरत शाहले आर्थिक वर्ष २०८१/०८२ को म्याद थप गर्ने क्रममा मेयर वादीलाई १ लाख रुपैयाँ घुस दिएको आरोप लगाएका थिए।

आर्थिक वर्ष २०८२/०८३ को करार नवीकरण गर्ने बेला पनि मेयर वादीले फेरि १ लाख रुपैयाँ घुस मागेको र आफूले नदिएपछि करार अवधि थप नभएको आरोप उनले लगाएका थिए।

उनले पहिले आफूले घुस वापत एक लाख रुपैयाँ बैंकमा जम्मा गरिदिएको भौचर पनि पेस गरेका थिए।

तर घुस लिने र दिने दुवै भ्रष्टाचारी ठहरिने भन्दै अख्तियारले उजुरीकर्ता शाहलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

मेयर वादीले भने एक लाख रुपवैयाँ सापटी लिएको र उक्त रकम फिर्ता गरिसकेको दाबी गरेका छन्। मेयर वादी यो मुद्दा दायर भएपछि मेयर निलम्बित भएका थिए। अब सफाइ पाएसँगै काममा फर्किने वादीले बताए।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ९ : ५५ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६