प्रदेश अस्पताल गोरखामा इएनटी सेवा सुरु ,यही बर्षभित्र १०० शैयाको सेवा विस्तार गर्ने योजना « Khabarhub

प्रदेश अस्पताल गोरखामा इएनटी सेवा सुरु ,यही बर्षभित्र १०० शैयाको सेवा विस्तार गर्ने योजना


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गोरखा- प्रदेश अस्पताल गोरखामा आँखा, नाक र घाँटी तथा टाउको र घाँटी सँग सम्बन्धित उपचार (इएनटी) सेवा सुरु भएको छ । अस्पतालले मंगलबारदेखि इएनटी सेवा संचालन गरेको हो । इएनटीका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरेर सेवा सुचारु गरेको जनाएको छ ।

यसअघि आँखा, नाक र घाँटीसँग सम्बन्धित स साना घटनाहरुलाई पनि रिफर गर्नुपर्ने बाध्यता अस्पतालको थियो ।
प्रदेश अस्पताल गोरखामा नै इएनटी सेवा सुरु भएपछि जिल्लाबासी चितवन र काठमाडौँ धाउन नपर्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट शम्भु अधिकारीले बताए ।

‘आँखा, नाक र घाँटी सम्बन्धी सामान्य समस्या हुँदा पनि यहाँबाट काठमाडौँ, चितवन नै रिफर गर्नुपथ्र्यो’, उनले भने, ‘अब प्रदेश अस्पताल गोरखामा नै इएनटी सेवा सुरु भएको छ । हामीले आँखा, नाक र घाँटी सम्बन्धी माइनर अपरेशनहरु पनि यहीँ नै गर्छौँ ।’

आगामी भदौ महिनाबाट अस्पतालले इन–डोर फार्मेसी सेवा समेत संचालन गर्ने अधिकारीले जानकारी दिए । इन(डोर फार्मेशी सेवा अन्तरगत प्रत्येक वार्डहरुमा छुट्टा, छुट्टै फार्मेसी सेवा संचालन गर्ने उनले बताएका छन् । अलग(अलग फार्मेसी सञ्चालन गरेपछि अस्पतालमा भीड व्यवस्थापन हुनुका साथै बिरामीहरुले घण्टौँ लाइन बस्नु नपर्ने उनको भनाइ छ ।

चालु आर्थिक वर्ष २०८३÷०८४ भित्रै गोरखा अस्पताललाई १०० शैयामा स्तरोन्नती गर्ने योजना प्रदेश अस्पताल गोरखाको छ । अस्पताललाई १०० शैयाको बनाउन अति आवश्यक रहेको व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालले बताए । हाल ५० शैयाको प्रदेश अस्पतालले ७० देखि ७५ शैयाको सेवा संचालन गरिरहेको पनि उनले जानकारी दिए ।

अस्पतालमा पर्याप्त बेड नभएकै कारण दैनिक ५, ६ जना बिरामीहरुलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका निमित्त मेसु शम्भु अधिकारीले बताएका छन् । उनी भन्छन्, ‘बेड नभएर यहीँ उपचार हुने बिरामीहरुलाई पनि बाहिर पठाउनु परेको छ । जनशक्ति अभाव हुँदा ४ जना नर्सले एकैचोटी ५० जना बिरामीलाई हेर्नुपरेको छ ।’

चालु आवभित्र अस्पतालमा एस.एन.सि.यू र आई.सि.यू सेवा, सिटि स्क्यान सेवा र गर्भावस्थामा गरिने अल्ट्रासाउन्ड जाँचहरू ः एनोमली स्क्यान र फिटल इकोकार्डियोग्राफी सेवा समेत सुरु गर्ने तयारी रहेको अस्पतालका अध्यक्ष कृष्ण ढकालले बताएका छन् ।

प्रदेश अस्पताल गोरखामा अन्य पालिकाका अस्पतालहरुबाट रिफर भएर आउने बिरामीहरुको सङ्ख्या समेत बढेको उनले जनाएका छन् । अस्पतालले तीनजना विशेषज्ञ सहितको डेन्टल सेवा, आयुर्वेद सेवा र हेमोडायलेसिस् सेवा समेत सुचारु गरेको छ । अस्पतालबाट नियमित रुपमा ४० जनाले हेमोडायलेसिस् सेवा लिँदै आएका छन् । हालै मात्र गण्डकी प्रदेशले हेमोडायलेसिस् सेवा बिस्तारका लागि थप दुईवटा मेसिन उपलब्ध गराएको अस्पताल ले जनाएको छ ।

योसँगै अस्पतालमा हेमोडायलेसिस् गर्ने ७ वटा मेसिनहरु भएका छन् । यसबाट करिब ५० जनालाई नियमित रुपमा डाइलासिस सेवा दिन सकिने अस्पतालले जनाएको छ । यद्यपि जनशक्तिको अभाव, भिड व्यवस्थापन, सेवा बिस्तार र आवासका लागि संरचना र जग्गा अभाव लगायत चुनौतीहरु रहेकोको प्रदेश अस्पताल गोरखाको भनाइ छ । अस्पतालले गुणस्तरीय सेवा दिन थालेपछि सेवा लिन आउनेको संख्या तीनबर्ष यता तेब्बरले वृद्धि भएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  १० : ३२ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६