कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्टको माग « Khabarhub

कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्टको माग


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी उनीमाथि लागेका आरोपबारे निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरेको छ ।

जेन-जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्वारा भदौ २६ गते जारी प्रेस वक्तव्यमा बेनमाथि कल बाइपास तथा विदेशी जासुसी संयन्त्रसँग कथित अपारदर्शी सम्पर्क रहेको आरोपबारे गम्भीर अनुसन्धान गर्न माग गरिएको हो ।

संगठनले गम्भीर आरोपमा प्रश्न उठेका व्यक्तिलाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकारजस्तो संवेदनशील जिम्मेवारीमा राखिनु कानुनी शासन र राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर विषय भएको जनाएको छ । पद र पहुँचका आधारमा अनुसन्धानबाट उन्मुक्ति दिन नहुने उसको भनाइ छ ।  

वक्तव्यमा कुमार बेनलाई राज्यमन्त्रीस्तरको सुविधा दिइएको विषयमा समेत प्रश्न उठाउँदै उनको शैक्षिक योग्यता र प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्तिको आधार सार्वजनिक गर्न सरकारसँग माग गरिएको छ ।

त्यस्तै, सत्तारूढ दलकै सांसदले संसदमा सरकारको वास्तविक शक्ति केन्द्र सिंहदरबार नभई ज्वागल बनेको अभिव्यक्ति दिएको प्रसंगसमेत संगठनले उठाएको छ । 

यही समयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमाथि विदेशी जासुसी संयन्त्रसँग कथित भेटघाट तथा सम्पर्कको आरोप लाग्नु संवेदनशील विषय भएको जेनजी मुभमेन्टको दाबी छ ।

प्रधानमन्त्रीले संसदमा नेपालको सीमा अतिक्रमण र राष्ट्रिय सार्वभौमिकताको विषय उठाइरहेको अवस्थामा उनका प्रमुख सल्लाहकारमाथि सम्बन्धित छिमेकी मुलुकका कथित जासुसी संयन्त्रसँग अपारदर्शी सम्पर्कको आरोप लाग्नुले सरकारको नियतमाथि समेत प्रश्न उठाएको संगठनले जनाएको छ ।

जेन-जी मुभमेन्टले कुमार बेनलाई तत्काल पक्राउ गरी कल बाइपाससम्बन्धी आरोपमा आपराधिक अनुसन्धान अघि बढाउन तथा विदेशी जासुसी संयन्त्रसँग भएको भनिएको भेटघाट र सम्पर्कबारे सुरक्षा तथा कानुनी निकायबाट अनुसन्धान गर्न माग गरेको छ ।

अनुसन्धान प्रभावित हुनसक्ने सम्भावना रोक्न उनलाई तत्काल सरकारी जिम्मेवारीबाट अलग गर्नुपर्ने र राष्ट्रिय सुरक्षा, सार्वभौमिकता वा संवेदनशील सरकारी सूचनामा बाह्य प्रभाव वा पहुँच प्रमाणित भए प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने संगठनको माग छ ।

राष्ट्रिय सुरक्षा र संवैधानिक संस्थासँग सम्बन्धित विषय भन्दै जेन-जी मुभमेन्ट नेपालले आफ्नो प्रेस वक्तव्य राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रपति कार्यालय शीतल निवास र नेपाली सेनाको मुख्यालय भद्रकालीलाई समेत बोधार्थ पठाएको जनाएको छ ।

संगठनले सत्ताको आडमा कुनै पनि व्यक्तिलाई कानुनी अनुसन्धानबाट उन्मुक्ति दिने प्रयासको विरोध गर्दै ‘तत्काल पक्राउ गर, निष्पक्ष छानबिन गर, सत्य सार्वजनिक गर र दोषी भए कठोर कारबाही गर’ भन्ने माग दोहोर्‍याएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  २ : ०० बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका